विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपालपाना डटकम बिरुद्ध चरित्र हत्या गरेको भन्दै देवकोटा द्वारा प्रेसकाउन्सिलमा उजुरी

सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा । 

काठमाण्डौबाट अपडेट हुदै आएको अनलाईन पत्रिका नेपालपाना डटकम बिरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी परेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

सामाुदायिक रेडियो प्रशारक संघका महासचिव एवं बीरगंज महानगरपालिकाका अवैतनीक प्रेस सल्लाहकार गोविन्द देवकोटाले उक्त अनलाईन बिरुद्ध शुक्रवार प्रेस काउन्सिल नेपालमा उजुरी गर्नु भएको हो ।

Karaiya Mai Notice Winter

उक्त अनलाईन पत्रिकाले बैशाख २ गते कोरोनाको कहरबीच मेयर सरावगी र रहबर अन्सारीको मिलोमतोमा पैसाको लागि ठुलो चलखेल, देवकोटा बने बिचैलिया  भन्ने  शिर्षक दिएर समाचार प्रकाशीत गरेको थियो ।

सधै न्यायपुर्ण र समतामुलक समाजकालागि क्रियाशिल , कुनै किसिमको अनियमितता, भष्ट्राचार, ढिलासुस्ती, असमानता विभेदबिरुद्ध उभिने, समाज  र राष्ट्र प्रति इमान्दार र पारदर्शी  भाई काम गर्ने मेरा बिरुद्ध हुदै नभएको कपोल कल्पीत मनगढन्ते कुरा लेखेर मानमर्दन गरेको र ब्यवसायीक पत्रकारिताको मर्म र आंचार सहिताको खिल्ली उडाउने काम भएकोले देवकोटाले कारवाहीको माँग गर्नु भएको हो ।

धर्मराज मिडिया ग्रुप प्रा लि द्धारा संचालित प्रकाशक विवेक कुमार र सम्पादक मन्जु बुढाथोकी भएको सुचना विभागमा दर्ता नं १७६४र०७६−०७७ मा दर्ता भइ तिनकुने−३२ काठमाडौमा केन्द्रिय कार्यालय र सम्पर्क नं ९८५११००१४८ राखिएको नेपाल पाना  नामक अनलाइन पत्रिकाले आफनो व्यक्तीगत मान मर्यादा र प्रतिष्ठामा आँच आउने गरी पत्रकार आचरसंहिताको पुर्ण रुपमा उल्लंघन गरी कपोलकल्पित झुठा तथ्यहिन समाचार प्रकाशन प्रसारण गरेको र खण्डन प्रकाशन प्रशारण गर्न समेत अटेर गरेकोले देवकोटाले कारवाहकीको माँग गर्नु भएको हा ।

झुठा, तथ्यहिन,भ्रामक समाचार प्रकाशन प्रशारण गर्ने अनलाइन पत्रिका र सो सँग सम्बद्ध सम्पादक प्रकाशक समेतलाइ प्रेश काउन्सिल ऐन २०४८ को दफा १२ तथा पत्रकार आचरसंहिता उजुरी र कारवाही सम्बन्धी कार्यविधि २०७५ को दफा ५ र ७ बमोजिम कारवाहीको माँग गरिएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed