CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रौतहटका संचारकर्मी टोलीले पाएको राहत अनाथालयलाई हस्तान्तरण ।

रौतहटका संचारकर्मी टोलीले पाएको राहत अनाथालयलाई हस्तान्तरण ।

फेटा GP PSA
746
सिम्रौन्गढ़ नपा psa

रौतहटका संचारकर्मी टोलीले पाएको राहत अनाथालयलाई हस्तान्तरण ।

अमित ठाकुर।रौतहट।बैशाख १४। बिश्वब्यापी फैलिएको कोभिड १९ को कारण देश बचाउनका लागि लगाईएको लकडाउनको समयमा रौतहटका संचारकर्मीले पाएको राहत एक अनाथालयलाई हस्तान्तरण गरेको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

ईशनाथ नगरपालिकाका ने.क.पा का नगर अध्यक्ष मोहन मेहताले शनिबारको दिन अाफ्नो निजी निवासमा बोलाई राहत स्वरुप खाद्यान्न सामाग्री बितरण गरेको थियो। नेपाल पत्रकार महासंघ रौतहटका सचिव गौतम श्रेष्ठ सहित दर्जनौं पत्रकारले पाएको खाद्यान्न सामाग्री अाज रौतहटको गरुडा स्थित रहेको श्री बंशीराम जयसवाल अनाथालयमा गई संचारकर्मीले पाएको राहत खाद्यान्न सामाग्री सो अनाथालयलाई हस्तान्तरण गरेको हो।

Karaiya Mai Notice Winter

लामो समय देखि चलिरहेको लकडाउनमा रौतहटका संचारकर्मीले कोभिड १९ मा पनि अाफ्नो ज्यानको बाजि लगाएर दिनरात सुचना संकलन गरि सत्यतथ्य समाचार सम्प्रेषण गरि रहदा नगर अध्यक्ष मेहताले संचारकर्मीलाई २५ के.जीको १५ बोरा चामल,३० केजी दाल, खाने तेल,साबुन,पेस्ट,नुन सहित खाद्यान्न समाग्री हस्तान्तरण गरेको थियो।

नगर अध्यक्ष मेहताबाट संचारकर्मीको टोली सो राहत लिई अाज अनाथालयमा हस्तान्तरण गरेको नेपाल पत्रकार महासंघका सचिव गौतम श्रेष्ठले जनाएको हो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश