विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

वडा अध्यक्ष आलमद्धारा मदर्साहरुमा व्याग वितरण

सिम्रौन्गढ़ नपा psa

वीरगंज // पर्सा गढी नगरपालिका वडा नं.५ को कार्यालयले मदर्साहरुमा अध्ययनरत विद्यार्थीहरुलाई व्याग वितरण गरेको छ । वडा नं. ५ मा रहेको मदरसा दोसतिया सलफिया र मदरसा वसुन्न वलकिताबमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका २६५ जना विद्यार्थीहरुलाई वडा अध्यक्ष आलमले मस्जिदमै पुगी आज एक समारोहका बिच व्याग वितरण गर्नु भएको छ । कार्यक्रमको अध्यक्षता गर्दै वडा नं. ५ का अध्यक्ष आलमले वडामा कुनै पनि बालबालिका पढाईबाट बञ्चित नहोस तथा पढदा पढदै बिचमै कुनै विद्यार्थीले पढाई नछोडुन भन्ने उदेश्यका साथ व्याग वितरण गरिएको बताए । शिक्षाको विकासको लागि आफुले आफ्नो र वडा कार्यालयबाट कुनै कसर बाकि नराख्ने प्रतिबद्धता समेत जनाउनु भयो । सो अवसरमा दोसतिया सलफिया मदर्साका प्रधानाध्यापक मुकतार मिया, मदरसा वसुन किताबका प्रधानाध्यापक गायत्री देवी चौधरी, वडा सचिव मोहन प्रसाद गौरो, स्थानिय एकबाल मिया, उमर मिया, वकिल मिया, सलुल्लाह मिया, अनवर आलम, जयरुल हवारी, बिरेन्द्र मण्डल लगायतको सहभागीता रहेका थियो ।

Karaiya Mai Notice Winter

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed