विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नव जनजागृति क्लब सिमरा श्रीसिया गोल्डकपको उदघाटन खेलमा  विजयी

सिम्रौन्गढ़ नपा psa

वीरगंज ।।  वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ श्रीसियामा बिहिबारदेखि सुरु भएको धिरज चौधरी स्मृति ५ औं श्रीसिया गोल्डकप फुटबल प्रतियोगीताको उदघाटन खेलमा नव जनजागृति क्लब सिमरा विजयी भएको छ । वीरगंज ड्राईपोर्ट सिर्सिया स्थित खेल मैदानमा भएको खेलमा चण्डी प्रसाद गण वीरगंजलाई बारा ११, बाराले ३–६ गोल अन्तरले पराजित गरेको हो ।

उद्घाटन खेलमा नव जनजागृति क्लब सिमराका संदिप खत्रीले म्यान अफ म्याच घोषित भएका छन । भोलीको खेल हाम्रा फुटबल क्लब वीरगञ्ज र एपिएफ क्लब महोतरी बिच हुने आयोजक क्लबका पंकज चौधरीले जानकारी दिए । चैत २ गतेसम्म हुने प्रतियोगितामा बाराको एपीएफ पथलैया, वीरगञ्ज युथ एकेडेमी, युवा स्पोस्र्टस क्लब वीरगञ्ज, युवा समाज चितवन, मकवानपुर ११ हेटौंडा, बारा ११, सरस्वती युवा क्लब रौतहट, वीरगञ्ज युनाईटेड र वीरगञ्ज आर्मीको सहभागिता रहने क्लबका अध्यक्ष सञ्जय पटेलले बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

प्रतियोगिताको विजेतालाई १ लाख ११ हजार र उपविजेता लाई ५१ हजार नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । बिहिबार देखि सुरु भएको ५ औं श्रीसिया गोल्डकप फुटबल प्रतियोगीताको उदघाटन प्रदेश सभा सदस्य ओम प्रकाश शर्माले गरेका थिए ।

प्रतियोगीता उद्घाटन कार्यक्रममा वीरगंज उद्योग वाण्ज्यि संघका बरिष्ठ उपाध्यक्ष सुवोध गुप्ता , सशस्त्र प्रहरी बेस क्याम्प अलौका प्रमुख , वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी नायब निरिक्षक प्रेम बहादुर खत्री , बिशाल मेमोरीयल फाउन्डेशका उपाध्यक्ष महम्द निजामुदिन हवारी लगायतकाको सहभागीता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed