CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

चुहावट रोक्न विपन्नलाई निःशुल्क मिटर

फेटा GP PSA
1,908
सिम्रौन्गढ़ नपा psa

गणेश कुमार शर्मा सिरहा।  नेपाल विद्युत प्राधिकरण मिर्चैया वितरण केन्द्रले चुहावट नियन्त्रणका लागि अति गरीब तथा विपन्न उपभोक्तालाई निःशुल्क मिटर वितरण थालेको छ । नेपाल विद्युत प्राधिकरण केन्द्रिय कार्यालयको निर्देशन बमोजिम विपन्न वर्गका घर परिवार र सांस्कृतिक महत्वका सम्पदाका लागि निःशूल्क मिटर वितरण गर्ने काम आज (विहिबार) बाट सुरु गरिएको नेपाल विद्युत प्राधिकरण मिर्चैया वितरण केन्द्रका प्रमुख दिगम्बर यादबले बताए । निःशूल्क मिटर वितरण योजना अन्तर्गत पहिलो चरणमा मिर्चैया नगरपालिका बडा नं. २ मा २५ गरीब घरपरिबारलाई बिद्युत मिटर प्रदान गरिएको उनले बताए । विद्युत चुहावट रोक्न सरकारले निःशूल्क मिटर वितरण योजना अघि सारेको बमोजिम विपन्न वर्गलाई यस्तो मिटर निःशूल्क वितरण गरिएको प्रमुख यादबको भनाई छ ।

गरिब वर्गहरूले अहिले पनि मिटर जडान नगरी हुकिङबाट बिजुली बाल्दा बिद्युत चुहावट नियन्त्रणमा समस्या भईरहेको अबस्थालाई मध्यनजर गरी आबश्यक भएको घरपरिबारलाई अध्ययन गरी अगामी दिनमा पनि निःशुल्क मिटर बितरण गर्ने लक्ष्य रहेको उनले बताए । फ्यूज सेवाको समुद्घाटन मिर्चैया नगरपालिका बडा नं. २ मा एक कार्यक्रमबिच फ्यूज सेवाको आजै समुदघाटन गरिएको छ । नेपाल बिद्युत प्राधिकरण क्षेत्रिय कार्यालय जनकपुरका प्रमुख ओमप्रकाश महतोले सेवा केन्द्रको उद्घाटन गरेका हुन् । टाढाका उपभोक्तालाई समान्य समस्याका लागि मिर्चैया धाउनुपर्ने बाध्यताबाट मुक्त गर्ने उदेश्यले सेवा विस्तार गरिएको प्रमुख महतोले बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

फ्यूज सेवा मार्फत तत्कालै बिद्युतको समान्य मर्मत, फ्यूज लगाउने र ग्राहकलाई भैपरी आउने समस्या समाधान गर्ने नेपाल विद्युत प्राधिकरण मिर्चैया वितरण केन्द्रका प्रमुख दिगम्बर याबदले बताए । विद्युत प्राधिकरण मिर्चैया वितरण केन्द्रका प्रमुख दिगम्बर याबदको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल बिद्युत प्राधिकरण क्षेत्रिय कार्यालय जनकपुरका प्रमुख ओमप्रकाश महतो, विशिष्ट अतिथिका रुपमा मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादब, अतिथिका रुपमा बडा नं. १ का बडा अध्यक्ष धनिकलाल यादब र बडा नं. २ का बडा अध्यक्ष लक्ष्मेश्वर कापर लगायत स्थानियबासीहरुको उल्लेनिय उपस्थित रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश