विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नारी दिवसको अवसरमा १ सय १० वर्षिय महिला सहित ७ सम्मानित

सिम्रौन्गढ़ नपा psa

श्याम सुन्दर सृुतिहार,विराटनगर । मार्च ८ अन्तराष्ट्रिय महिला दिवस अर्थात नेपालमा नारी दिवस प्रदेश नं. १ को जहदा गाउंपालिकाले नारी दिवसको अवसर पारेर एक कार्यक्रमको आयोजना गरी १ सय १० वर्षिय एक बृद्धा सहित ७ वटै वडाका एक एक जना बृद्धालाई सम्मानित गरेको छ । सो अवसरमा सम्मानित हुनेहरुमा जहदा गाउंपालिका वडा नं. २ की १ सय १० वर्षिय संझा देवी शर्मा, वडा नं. ३ की १ सय ५ वर्षि वृद्धा अन्चदेवी राजवंशी, वडा नं. १ की ८५ वर्षिय पार्वती साह, वडा नं. ४ की ९२ वर्षिय पुर्णि देवी मखिया, वडा नं. ५ की ८० वर्षिय पल्टी देवी नुनियां, वडा नं. ६ की ९० वर्षिय सुट्री देवी मण्डल र वडा नं.७ की ८७ वर्षिय मक्कु देवी सोरेन लाई सम्मान गरेका हुन । सम्मानित भएका वृद्धाहरुलाई जनही १ हजार नगद सहित दोसल्ला र फूलमाला लगाएर जहदा गाउंपालिका अध्यक्ष कैलाश प्रसाद मण्डल र उपाध्यक्ष सालो साहले संयुक्त रुपमा गरेका थिए ।

Karaiya Mai Notice Winter

१ सय १० वर्षिय वृद्धा संझा देवी शर्मा नारी दिवसको कार्यक्रमा आउन नसक्दा उसको घरमै गएर सम्मान गर्ने भएका छन् ।
कार्यक्रममा उपस्थित मध्ये १ सय ५ वर्षिय वृद्धा अन्चदेवी रहका थिए । उनी बुहारी दुर्गादेवी राजवंशीको साहारमा सम्मान थाप्न जहदा ५ लक्ष्मिनियाँ चौकमा रहेको गाउ“पालिकासम्म आएकी थिइन् । कुप्रो परेर हिडडुल गर्ने अन्चदेवी सहितलाई गाउ“पालिकाले नारी दिवसको अवसर पारेर वृद्धाहरूलाई एकै ठाउ“मा राखेर सम्मान गर्दा बृद्धाहरु हर्षित भएका थिए । ‘जेष्ठ नागरिकको सम्मान स्वरुप उनीहरूलाई सम्मान गरिएको हो,’ गाउ“पालिका प्रमुख मण्डलले भने, ‘वृद्धाहरूको सम्मानमा गाउ“पालिका यसरी नै लागि पर्नेछ .’ कार्यक्रममा बोल्दै मण्डलले महिलालाई उपप्रमुख पदमा मात्र आरक्षण दिएर हु“दैन उनीहरूको सहभागिता बढाउन पचास प्रतिशत आरक्षण दिनु पर्ने वताएका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कार्यक्रममा जहदा गाउँपालिकाको उपप्रमुख सालो साहले यस गाउँपालिकाको हरेक वडामा महिलाहरूलाई संगठित गरिदै आएको बताइन् . महिलाहरूको क्षमता र नेतृत्व विकास गर्न जहदा गाउँपालिका लागि परेको उनले बताइन् । अगामी वर्ष देखि लागु हुने गरी सो गाउंपालिकाको दलित विद्यार्थीहरुलाई १२ कक्षा सम्म अध्ययन अध्यायपन गर्नको लागि सम्पूण कलेजको खर्च व्यहोर्ने अध्यक्ष मण्डलले घोषण गरेका थिए । सो अवसरमा विभिन्न खेलहरुमा महिलाहरुलाई सहभागी गराई विजेताहरुलाई समेत पुरस्कार समेत वितरण गरिएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed