विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

वीरगंजमा मोटिवेश्नल सेमिनार सम्पन्न

सिम्रौन्गढ़ नपा psa

वीरगंज//  लायन्स तथा लियो क्लब अफ वीरगंजको आयोजनामा वीरगंजमा मोटिवेश्नल सेमिनार सम्पन्न भएको छ । वीरगंज नगर सभा गृहमा शनिबार भएको मोटिवेश्नल तथा लाइफ चेंजिंग सेमिनारका मुख्य वक्ता अन्तरास्ट्रिय स्तरका वक्ता रमण नेपाली र नेकपाका युवा नेता रहबर अन्सारी रहेका थिए । वक्ताहरुले युवाहरुलाई उत्प्रेरित गर्दै सधै हासी राख्ने र खुसी रहने कुरामा जोड दिएका थिए । लायन्स क्लब अफ वीरगंजका अध्यक्ष बलराम श्रेष्ठको अध्यक्षतामा र बिरगंजका उधोगि, इन्जिनियर, लायन संजय खेतानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा डिभाईन व्यीसडम एकेडमीका बिद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

Karaiya Mai Notice Winter

कार्यक्रममा नेपाली कांग्रेसका नेता सोभाकर पराजुली, आई.एस.टी. क्लेज काठमाण्डौका निर्देशक राजेन्द्र कोइराला, बिक्रमराज पौडेल, आदीवासी जनजाति महासंघ प्रदेश नं. २ का अध्यक्ष निरज पिठाकोठे मगर, गैसस महासंघ नेपाल, पर्साका अध्यक्ष छठु साह, युवा पत्रकार तिवारी यादव, सगरमाथा एकेडमीका प्रधााध्यापक जियालाल गुप्ता ,रजुल हवारी ,वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक निशान थापा, कार्यक्रम संयोजक लायन छेदुप लामा, लियो क्लबका पुर्व अध्यक्ष सरिता खड्गी, दिपेन्द्र यादव, रिषभ अग्रवाल, सचिव मेराजुल हवारी लगायतकाको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन विधार्थि नेता शिवम साहले गरेका थिए । लाायन्स र लियो क्लबले संयुक्त रुपमा बिगत ३ बर्ष देखि निरन्तर यस्तो कार्यक्रम गर्दै आएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed