विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

छोरीहरुलाई साईकल दिएको होईन, शिक्षाक्षेत्रमा मनोबल उच्च गर्ने हौसला प्रदान गरेको : अध्यक्ष अरुण साह

सिम्रौन्गढ़ नपा psa

अभिमनु कुमार पटेल, रौतहट ।। रौतहटको दुर्गा भगवती गाउँपालिकामा आज साइकल वितरण गरिएको छ । दुर्गा भागवती गाउँपालिका अध्यक्ष अरुण कुमार साहको सभापतित्व तथा जिल्ला समन्व्य समिति रौतहटका सभापति राम एकवाल राय यादवको प्रमुख आतिथ्यमा  कार्यक्रम गरिएको छ। दुर्गा भागवती गाउँपालिका अन्तर्गत रहेको श्री सरस्वती उच्च मा.बि पिपरा भलोहिया, श्री संस्कृत मा.बि मत्सरी र आधारभूत मा.बि पचरुखीमा अध्ययनरत कक्षा ८ र ९ को २ सय ५३ जना छात्राहरुलाई एक कार्यक्रम समारोह बिच साईकल वितरण गरिएको छ । 

सो कार्यक्रममा गाउँपालिका अध्यक्ष साहले छोरीहरुको शिक्षा क्षेत्रमा पहुच बढाउने उदेश्यले यो साईकल वितरण कार्यक्रम गरिएको बताए । हाम्रो समाजमा एउटै परिवारमा रहेका २ सन्तान मध्ये छोरालाई राम्रो ठाउँमा शिक्षा हासिल गराउने तर त्यही आमाको कोखबाट जन्मेकी छोरीसँग आमाबुवा नै ठूलो विभेद गरी समान्य शिक्षा दिने प्रचलन देखिन्छ । तर अब यस समाजमा जन्मेका छोराछोरी बिचको मतभेद शौतेला ब्यवहार बन्द गरि सम्मान रुपमा अगाडी बढीे परिवर्तन गर्नु पर्ने अति आवश्यक रहेको अध्यक्ष अरुण साहले बताउनु भयो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

यो पालिकाको विधालयहरुमा छोरीहरुलाई शिक्षा हासिल गर्न जादा धेरै नै कठिनाई उत्पन्न भई रहेकोले शिक्षा तर्फ आक्रर्षित गर्ने उदेश्यले हौसला मजबुत गर्न साईकल वितरण गरिएको छ । आफने सन्तान मध्ये छोराको उज्वल भबिष्य बनाउन हामी धेरै प्रयास गर्छौ भने छोरीको लागि पनि गर्नु सम्पूर्ण अभिभावकको दायित्व रहेको छ । दाईजो प्रार्था समाजको सबभन्दा श्राप नै रहेकोले यसलाई सबै मिलेर बहिस्कार गर्नु अध्यक्ष साहले आग्रह गरेका हुन ।

साईकल बितरण कार्यक्रममा  बिशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक भुपेन्द्र खत्री, इन्द्र गण बक्स गुल्मका प्रमुख सुमन शाक्य, राष्ट्रिय अनुसन्धान रौतहटका प्रमुख अभिनय सिंह, अतिथि फोरम नेपालका केन्द्रीय सदस्य रेवन्त झा, वडाअध्यक्ष प्रधुमन चौधरी, सुरेश चौधरी, धर्मेन्द्र झा लगायत बिद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed