CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रौतहटमा अझै रोकिएन काठ तस्करी

फेटा GP PSA
2,139
सिम्रौन्गढ़ नपा psa

अखिलेश कुमार यादव, रौतहट।  रौतहट जिल्लामा केही दिन देखि रोकिएको काठ तस्करी कार्य फेरि तिब्र गतिमा बढीरहेको छ।लगातार प्रहरीको गस्तिको बाबजुद पनि काठ तस्करी कसरी भइरहेको छ प्रहरी माथी नै शंका उत्पन्न हुन्न थालेको छ। रौतहटको धन्सर बन इलाका बन क्षेत्रबाट तस्करले तीन वटा काचो सखुवाको रुख काटेर लगेका छन । धन्सरको लच्का देखी उत्तरको जंगलमा एकै स्थानमा तीन वटा काचोरुख काटेको बनगस्ति टोलीले फेला पारेको हो । ६३ , ६४, ६६ क्युफिट काठ भएको रुख तस्करले लगेका हुन । त्यसै स्थानमा यसअघि पनि तीन वटा रुख काटेको फेला परेको थियो । रुख काटेको फेला परेपछि डिभिजन बन कार्यालय रौतहटले गस्ति बढाएको छ । बन कार्यालयले काठ तस्करी रोक्न बिभिन्न उपायहरु अपनाएपनि तस्करहरुले झुक्याएर काठ लैजाने गरेको सो इलाकाका बन कर्मचारीहरु बताउछन । बन कार्यालयले तस्करीको काठ सहित पछिल्लो समय ५ वटा बलेरो जीप , मोटरसाइकलहरु र साइकलहरु बरामद गरेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश