विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाल र भारतको सम्बन्ध केपिओलिले ल्याएको होइन सिता रामले ल्याएको : प्र स स पारस साह

सिम्रौन्गढ़ नपा psa

कलैया बारा ।

हाल नेपाल सरकारले प्रस्ताव गरेको नागरिकता विधयेक बारे चौतर्फी बिरोध भैइ रहेको छ। त्यस्तै आज बारा जिल्लाको सदरमुकाम कलैयामा जनता समाजबादी पार्टीले पनि बिरोध जुलुस निकालेका छन्। रामजानकी मन्दिर बाट जुलुस निकाली कलैया बजार परिक्रमा गर्दै मुख्य भारत चौकमा कोण सभा गरेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कोण सभामा प्रदेश सांसद पारस साहले भारत र मधेस तथा नेपालको सम्बन्ध केपि ओलि प्रधानमन्त्रीले बनाएको होइन यो सम्बन्ध भगवान राम र सीताले बनाएको हो, यश लाई कसैले कागजमा लेखर तोडन सक्दैनन, आफ्नो बहुमतको दम्भमा प्रधानमन्त्रीले आफ्नो नश्लबादी चिन्तनले चेतना गुमाएर आफुले केगरेको थाहा नभएकोले जे मनमा लागि रहेकोछ त्यहि कुरा मात्र गरि भविष्यमा पनि आफ्नो कुर्सि कसरि सुरक्षित रहन सक्दछ भन्ने कुरामा मात्र अल्झेर जनता माथि अन्याय गरिरहेका छन् ।

Karaiya Mai Notice Winter

त्यस्तै पुर्ब सान्सद प्रमोद गुप्ताले आफ्नो मन्तव्य राख्ने वेलामा भने नेकपाले ल्याएको नागरिकता सम्बन्धि विधेक हाम्रो आमा हरु लाई बदनाम र अनागरिक बनाउन खोजेको आरोप लगाउनु भयो । त्यस्तै पार्टीका केन्द्रिय स्तरका नेता जितेन्द्र सिंहले काठमाडौं को सिंह दरबारमा बसेर शासक हरुले बनाएको संविधान आज पनि मधेसी , थारू लगायतका ले मानेका छैनन।

र जब सम्म बाकि अधिकार हरु लेखिदैन तब सम्म आफ्नो ज्यान को प्रवाह नगरि हिम्मतका साथ लडने छन भन्ने कुरा प्रधानमन्त्री केपि ओलि लाई भन्दै बर्तमानमा ल्याएको नागरिकता सन्सोधन विधेक लाई फिर्ता गराउनको निमित मधेसी जनता ले आफ्नो बलिदानी दिन त्यार रहको तर आफ्नो आमा , दिदी , बहिनी हरुको नागरिक्ताको लागि ७ बर्ष कुर्ने भन्ने कानुन लाई कुनै पनि हालतमा मान्न त्यार नरहेको कुरा बताउनु भयो ।

साथै वाहा ले अब मधेसी थारु लगायत का जनता हरु ले काठमाडौं को सिंह दरबार मा बस्ने केपि ओलि जस्ता शासक हरु लाई तह लगाइ आफ्नो काब्जा मा लिने समेत बताउनु भयो ।

बिरोध र्‍याली कार्यक्रम जसपाका नेता नवल किशोर सिंहको अध्यक्षता तथा पार्टीका केन्द्रिय नेता जितेन्द्र सिंह, संघीय सान्सद रामबाबु कुमार यादव , प्रदेश सान्सद बच्चा प्रशाद यादव, शारदा शंकर साह, पुर्ब सान्सद आत्मारम साह, पार्टीका नेता श्याम गुप्ता, अजय पटेल, धर्मेन्द्र यादव, महमद फिरोज, महिन्द्र मंडल, जय प्रकाश साह, राम किशोर यादव, शशी दास,, रामबाबु सोनल , सन्तोष यादव , बिनेस राम , अबास अन्सारी, जिर्जोधन साह, रामबाबु यादव (अधिवक्ता ), पन्नालाल साह, शशिभुसन केसरी, रामचन्द्र साह ( ट्रसट अध्यक्ष ), नरेश साह, सोनालाल साह, पवन मंडल, शुभाशचन्द्र पाण्डे, शिवरतन यादव लगायत का नेताहरूको सहभागिता रहेकोे थियो । पार्टीका नेता शिवनाथ पटेेलले कार्ययक्रम संचालन गरेका थिए भने अरुण सिंहले स्वागत मन्तव्य राखेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed