CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पकडिया वासिले हिजो पनि सकाहारी होलि नै मनाउन बाध्य

फेटा GP PSA
2,544
सिम्रौन्गढ़ नपा psa

प्रभु यादव,बारा//  बारा जिल्लाको कान्छो पचरौता नगरपालिका वाडा न. ६ पकडिया वासिले सकाहारी हिलि नै मनाउन बाध्य भएका छन। होलि भनेको खुब भड्किलो रूपमा खाने पिउने पर्वको हो भन्ने सोच सबैले लिने गर्छन् । तर यस पालिको होलि सकाहारी मनाउनु परेकोले युवाहरूलाई अति नै गह्रो भएको छ। युवा हरुले भड्किलो होलि मनाउन लाई एउटा ग्रुपनै बनाएर अरु ठाउँमा गएर मांसाहारी होलि मनाउन बाध्य भएका थिए। ३० वटा मोटरसाइकल मा करिब सय जनाको संख्यामा अरु ठाउँमा गएर होलि मनाएका छन।

Karaiya Mai Notice Winter

परापुर्व काल बाट चल्दै आएको परंरागत गाउका भद्र भलाद्मी हरुले परंपरा अनुसार ७ गते विहिवारको दिन हरेक वर्ष झै होलि गीत राम जानकी मन्दिर बाट सुरु गरि गाउँ भरी हरेक घरधुरिको परांगनमा पुगि एक आपसमा आपसी भाइ चारा, सद्भाव, संबन्ध लाई कायम रहोस र एक अर्का लाई अवीर लागाइ होलि मनाएका थिए। वाडा न. ६ पकडियामा हुन लागेको श्री श्री १०८ श्री विष्णु महायज्ञ को कारणले सकाहारी होलि मनाउन बाध्य भएका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश