विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

श्री राम मंदिरको शिलान्यासको उपलक्ष्यमा पकडियामा दिपावली

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बारा जिल्लाको सबैभन्दा कान्छो पचरौता नगरपालिकाको वडा न.६ पकडियामा भगवान श्री रामको मन्दिर शिलान्यास भएको उपलक्ष्यमा हिजो दिप प्रज्वलित गरि हिन्दु धर्मावलम्बीले हिजो राती विभिन्न कार्यक्रम गरि उतसव मनाएका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

भगवान श्रीरामको जन्म भुमी भारतको अयोध्यामा भएको ठाउँ बारे निकैनै लामो समय देखि विवाद रहेको थियो तर हालमा उक्त विवाद सधैको लागि समाप्त भएर सुपरिम कोर्टले फैसला गरि विवाद समाप्त गरेका छन् ।

Karaiya Mai Notice Winter

र सोही अनुरुप उक्त स्थानमा भगवान श्रीरामको मंदिर बनाउन भुमी पुजन गरि शिलान्यास गरिएको उपलक्ष्यमा भारत तथा नेपालमा निकैनै उत्साहका साथ भव्य उत्सव मनाइएको छ। भगवान श्रीरामको विवाह नेपालको जनकपुरमा जगत जननी माता सीता संग भएको भन्ने जन आस्था रहेकोले दुबै देशमा उत्सव मनाइएको हो।

नेपाल र भारत बिचको सम्बन्ध आजको नभएर त्रेता युग देखि रहेकोले यो सम्बन्ध लाई कसैले पनि बिखेर्न नसक्ने पकडिया बासीहरुको भनाइ तथा जन आस्था र विश्वास रहेको छ।  भगवान प्रुषोत्तम श्री राम र माता जानकी द्वारा स्थापित भएको पवित्र सम्बन्ध रहेको हुनाले हाम्रो सम्बन्ध जहिले पनि अटुट रहने जन धारणा र विश्वास रहेको स्थानीय विरेन्द्र ठाकुरले आफ्नो धारणा दिएका हुन। पकडियामा हिन्दु समाजका सबैले आ-आफ्नो घरमा दिपावली समेत मनायेका छन्  भने श्री राम जानकी मंदिरमा दीप प्रज्वलित गर्दै रातभरी भजन किर्तन गरि उत्सव मनाएका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed