विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

आईसोलेनमा रहेको बिरामिलाई उचित ब्वस्था गर्न इन्सेक बाराको मांग

सिम्रौन्गढ़ नपा psa

अनिल पान्डेय, कलैया, बारा।

कलैया उपमहानगरपालिका–३ गंगापुरमा रहेको आइसोलेशनमा रहेका नोवेल कोरोना (कोभिड–१९) रोग सङ्क्रमित भएका बिरामीहरूलाई उचित सेवा प्रवाह नभएको पाइएको छ । कलैया अस्पताल अन्तर्गतको कोभिड अस्पतालले सङ्क्रामक रोगऐन २०२० को दफा २ को उपदफा ३ को मर्म अनुसार सेवा प्रवाह नगरेको पाइएको इन्सेक बाराका भोलानाथ पौडेलेे जनाएका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

आइसोलेशन कक्षमा पर्याप्त मात्रामा पानी नरहेको, प्रयोग गरिएका भाडाहरू राम्ररी सफा नभएको, स्नानघर तथा शौचालय सफा नभएको, हातधुने बेसिनफोहर भएको, झोलिलो तथा पोषणयुक्त खानेकुरा नदिएको इन्सेक बाराले जनाएको छ । ढोका, टेबुल लगायतका सामग्रीहरूमा डिस्इन्फेक्टेण्ट प्रयोग नगरिएको र एक गिलास तातो पानीको पनि व्यवस्था नभएको विषयमा अस्पताल प्रशासन र स्थानीय प्रशासनको ध्यानाकर्षण गराउन चाहन्छौं भन्ने इन्सेक बाराका पौडेलले जनाएका हुन् ।

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशिका अनुसार बिरामीको उपचार, स्वच्छ खाना, सफा तातो र चिसो पानी, सफा शौचालय र पङ्खा लगायतको तुरून्त व्यवस्था गर्न कलैया अस्पताल प्रशासन, जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारसँग इन्सेक बाराले मांग गरेका छन् ।

आइसोलेशन कक्षमा राम्रो व्यवस्थापन गरी बिरामीहरू लाई चाहिएको आधारभूत मानव अधिकारको पालना गर्न गराउनहुन सम्बन्धित सबैमा इन्सेक बारा प्रतिनिधी पौडेल अनुरोध गर्नु भ​एको छ​।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed