CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बर्सात एफएमको कार्यक्रममा भएको बिजेता लाई पुरस्कार वितरण

फेटा GP PSA
1,321
सिम्रौन्गढ़ नपा psa

अनिल पाण्डेय, कलैया, बारा।

कृष्ण जन्मउत्सवको अवश्रमा आयोजना गरिएको उत्सव कार्यक्रममा बिजेता भएकाहरुलाई एक कार्यक्रमका बिच पुरस्कार बितरण गरिएको छ । गोपाल सेवा समिति बारा शाखा, राधे सप्लार्यस कलैया, श्रीराम फर्टिलाइजर एन्ड केमिकलस नया दिल्लीको उत्पादन वितरक नेपाल एग्रोकेम सप्लार्यस वीरगंज, नेपाल सिड सेन्टर कलैया, सरोज एग्रो ईनटरप्राईजेज एण्ड सप्लार्यस सिनेमा रोड कलैया, भोजपुरी टाईम्स दैनिकको प्रयोजनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

बर्षात एफएम १०७. ५ मेगा हर्जको आयोजनामा सो उत्सव भएको थियो । बर्षात एफएमका प्रवन्ध निर्देशक सिकेन्द्र पासवनाको अध्यक्षता र गोपाल सेवा समितिका अध्यक्ष जंगबहादुर यादवको प्रमुख आतिथ्यमा सो पुरुस्कार बितरण कार्य सम्पन्न गरिएको थियो । प्रथम कलैया की सिम्पल सर्राफ, दोस्रो कलैया की प्रतिमा कुमारी साह, तेस्रो अमवाटोलाका बिबेक यादव लाई क्रमश जग, चार्जर, भिते घडी प्रमुख अतिथी यादव र प्रवन्ध निर्देशक पासवानले संयुक्त रुपमा प्रदान गरेका थिए ।

Karaiya Mai Notice Winter

कार्यक्रमको संचालन एफएमका समाचार वाचिका साबित्री शर्माले संचालन र उत्सव कार्यक्रमको पुरुस्कार छनौट समितिका संयोजक प्रभु यादवले उदेश्य बारे जानकारी दिए । बाकी ८ जना बिजेताहरु गुलाव चौधरी, सुनिता चौधरी, राज केडी, रोमाच्क चौधरी, संजय चौधरी, मिस्टर जलिल हवारी, अनोखी साह, अन्जु चौधरी भोजपुरिया दैनिकका कार्यकारी सम्पादक श्रावन साह, सरोज एग्रोका संचालक सरोज साह, नेपाल एग्रोका प्रतिनिधिी पवन कुमार यादव, यूवा जनशक्ति समाज नेपालका सचिव जाबेद हुसेन, एफएमकी समाचार बाचिका सृजा थापा, उत्सव कार्यक्रमका प्रस्तोताहरु संगिता विश्वकर्मा, प्रियका सर्राफ, सन्तोष यादव, रमानन्द यादव, रमेश साह लगायतकाले पुरुस्कार बितरण गरेका थिए ।

कृष्णअष्ठीका दिन १० बजे देखि १२ बजे राती सम्म कृष्ण उत्सव कार्यक्रम संचालन गरिएको थियो । आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी यादवले लक डाउनको अवधीमा पनि बर्षात मिडिया प्रालिले कृष्णअष्ठीका दिन भगवान कृष्णको चर्चा परिचर्चा गरि जिल्ला बासीहरुमा भगवान प्रति सर्मिप हुन थालेको अभियान निकै नै सराहनिय काम भएको हुदा धन्यवाद समेत दिएका थिए ।

एफएफ द्धारा समाचार , मनोरंजन, लगायत अन्य समाजिक कुरिती बिरोधका कार्यक्रम संचालन गर्नु पनि प्रभावकारी काम भएको प्रतिक्रिया दिए । गोपाल सेवा समितिले हरेक वर्ष भव्यताका साथ गरिने कार्यक्रम यसपाली कोरोना भाइरसको कारण प्रभावित भएकोले वर्षात एफएम बाट विशेषगरि गीतसंगीतको माध्यम बाट समर्पित भएर गरेको गोपाल सेवासमिति बाराका अध्यक्ष यादवले आफ्नो धारणा राखेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश