विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बारामा आज​ तिन​ ज​नाको कोरोना बाट​ मृत्यु

सिम्रौन्गढ़ नपा psa

अनिल पाण्डेय, कलैया, बारा।

बारामा बिहीबार काेराेना भाइरसकाे सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । तर हाम्रो बारा जिल्ला प्रमुख रुद्र पसाद पंडितका अनुसार तीन जनाको मृत्यु भएको छ। दम, मधुमेह र उच्च रक्तचापका रोगी दुई जना वृद्धको सङ्क्रमण बाट मृत्यु भएको हो ।
प्रसौनी गाउँपालिका २ का ६५ वर्षीय र जितपुर सिमरा उपमहानगरपालिका ४ का ५० वर्षीय पुरुषको कोरोना सङ्क्रमण बाट मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । प्रसौनीका ६५ वर्षीय पुरुष प्रसौनी गाविसका पूर्वअध्यक्ष एवं नेपाली कांग्रेसका स्थानीय नेता हुन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

दम रोगी ती पुरुषलाई ज्वरो आएर श्वासप्रश्वासमा समस्या देखिए पछि बिहीबार नारायणी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । जितपुर सिमरा उपमहानगरपालिकाका ५० वर्षीय पुरुष मधुमेह र उच्च रक्तचापको बिरामी भएको र श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबारदेखि गण्डक कोभिड अस्पतालमा उपचार हुँदै आएकोमा बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्युपछि नारायणी अस्पतालको ल्याबमा गरिएको पीसीआर परीक्षणमा दुवै जनामा कोरोना सङ्क्रमण देखिएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयाे ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed