विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

शिक्षक सेवा अायोगको परिक्षामा जिल्लामा दोस्रो स्थान ल्याएको शिक्षिका ठाकुर सम्मानित

सिम्रौन्गढ़ नपा psa

अमित ठाकुर,रौतहट ।।  शिक्षा सेवा अायोगको मौखिक परिक्षाको नतिजामा प्रा.बि तहमा रौतहट जिल्लामै दोस्रो स्थान ल्याएको अस्थायी शिक्षिका सबिता ठाकुरलाई गौर नगरपालिकाकी उपमेयर किरण ठाकुर सहित लोहार समाजले सम्मानित गरेका छन्। उपमेयर ठाकुर अाफ्नो निजि निवासमा अाज लोहार समाज तथा नेपाल बिश्वकर्मा लोहार संघको सदस्यहरुको उपस्थितिमा शिक्षिका ठाकुरलाई सम्मानित गरेकी छिन्। लोहार समाजमा धेरै जसो कम महिला यस्तो ठाउँमा पुग्ने गर्दछन्। लोहार समाजका महिलालाई यस्तै हेरी अरु महिलालाई प्रोत्साहन गर्नका लागि यस्तो सम्मानित कार्यक्रम गरेको थियो। शिक्षिका ठाकुरकी माईकी सितामढी जिल्लाको पुपरीमा रहेकी छिन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

उनको बिवाह सन १९९० सालमा रौतहट जिल्लाको गौरमा भएकोे थियो। शिक्षिका ठाकुर नेपालको बुहारी हुँदा पनि अाफ्नो पठाई एसएलसी अर्थात् बिहार बोर्ड सन १९९१ सालमा सितामढीबाट दिई पास भईन्। त्यसपछि १५ साल अाफ्नो पढाइ छाडिन्। सन २००६ साल देखि नेपालबाटै कक्षा ११ मा नाम लेखाईन् अनि सन २००८ सालमा अाईएड पास गरिन्। त्यस पछिको पनि पढाइ जारी नै राखिन्। शिक्षिका ठाकुरलाई नेपाली भाषा सिक्नका लागि एकदमै उत्साहित थिईन्। त्रिभुवन युनभर्सिटीबाट नेपाली बिषय लिएर बिएडको पढाइ सुरु गरिन र सन २०११ सालमा बिएडको पढाइ पनि पूरा गरिन् बिएडकै पढाइ कै क्रममा शिक्षिका ठाकुरलाई बि.स २०६९ सालमा अस्थाईमा श्री बैजनाथ अधारभुत बिधालय नियुक्ति भईन।

त्यसपछि सन २०१४ सालमा नेपाली बिषय लिएर नै मास्टर डिग्री अर्थात एमएड गरिन्। र शिक्षा सेवा अायोगको बिज्ञापन नंबर १०३/०७३ को प्रा.बि तहको परिक्षामा सामिल भई गत हप्ताको मौखिक परीक्षा रिजर्टमा रौतहट जिल्लाकै दोस्रो स्थानमा नाम निकाल्न सफल भईन। शिक्षिका ठाकुरकी सम्मान कार्यक्रममा लोहार समुदायका जेष्ठ नागरिक सिताराम ठाकुर, गौर नगरपालिकाकी उपमेयर किरण ठाकुर, कृषि बिज्ञ डा श्री भगवान ठाकुर, नेपाल बिश्वकर्मा लोहार संघका अध्यक्ष डा.रामासंकर ठाकुर,सचिव बिवेक शर्मा लगायत जिल्ला भरीका लोहार समुदायका ब्यक्तिहरुको उपस्थिति रहेको थियोे।शिक्षिका ठाकुर १०+२ सम्म जाने लक्ष्य राखेकी उनले सो सम्मानित कार्यक्रममा बताईन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed