विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लागु औषध चरेश ४ किलो सहित एक जना पक्राउ

सिम्रौन्गढ़ नपा psa

पर्सा ।। गत दश गते करिब १०:०० बजे जिल्ला प्रहरी कार्यालय, पर्सा तथा प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले लागु औषध चरेश ४ किलो सहित एक जना लाइ पक्राउ गरेको छ। जिल्ला पर्सा बी।म।न।पा।वडा नं।-१६, स्थित ईनर्वा चौकी अगाडी सडकमा विभिन्न सवारी साधन तथा पैदल यात्रुहरु समेतको चेकजाँच गर्ने क्रममा नेपालबाट भारत रक्सौलतर्फ पैदल हिडी जादै गरेको भारत विहार पुर्वी चम्पारण जिल्ला मोतिहारी थाना छौनादानो ग्राम जितपुर वडा नं।-८ बस्ने शिवनाथ साहको छोरा बर्ष ४३ को शुभ नारायण साहको साथबाट लागु औषध चरेश ४ किलो फेला परेकोले सो ला।औ।सहित शुभ नारायण साहलाई नियन्त्रणमा लिई ला।औ।शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed