विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

हिरास​त​मा मृत्यु भ​एको ज​न्ताकोलागि न्याय​ माँग्दै मान्निय​ साह​

सिम्रौन्गढ़ नपा psa

उद​य​ तिवारी, रौत​ह​ट​।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले रौतहटमा प्रहरी हिरासतमा मृत्यु भएका दलित युवा विजय रामको हत्यारालाई कारवाही गर्न माग गरेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका सांसद साहले सोधपुछको नाममा प्रहरीले यातना दिएर अभियुक्तको ज्यान लिइएको भन्दै घटनामा संलग्न प्रहरीलाई तत्काल निलम्बन गर्न र कारवाही गर्न माग गरेका छन् ।

Karaiya Mai Notice Winter

सामाजिक सञ्जाल फेसबुकमार्फत सांसद साहले आर्थिक प्रलोभनमा परी प्रहरीले अपराधको सही अनुसन्धान नगर्ने र निर्दोषलाई यातना दिएर मार्ने प्रवृत्तिले झन अपराधलाई बढावा दिएको आरोप लगाएका छन् । उनले नेपाल प्रहरीले प्रहरीभित्र रहेका अपराधिक प्रवृतीलाई समयमैं नियन्त्रण गरि आम जनतालाई सुशासनको प्रत्याभूति दिलाउनुपर्ने माग राखेका हुन् ।

‘गत श्रावन ३२ गते गरुडा नगरपालिका–८, जिंगडियाका दलित युवा निरन्जन राम (चमार) को धारिलो हतियारले घाँटी रेटी हत्या भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले सात जनालाई थुनामा राखेको थियो । पक्राउ अभियुक्तहरुमध्येका एक विजय महरा (चमार) को हिजो राती मृत्यु भएको घटनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’ सांसद साहले लेखेका छन्, ‘हिरासतमा रहेको बेला निरन्तर चरम यातना दिएर एक दलित युवालाई मृत्युवरण गराउनु गम्भीर अपराध मात्र होइन, एउटा अमानवीय कार्य पनि हो । यो दण्डनीय अपराधमा संलग्न प्रहरीलाई तत्काल निलम्बन गरी आवश्यक कारवाही अगाडि बढाउन गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

गत श्रावण ३२ गते गरुडा नगरपालिका–८, जिंगडियाको निरन्जन रामको हत्या गरेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको थियो । जसमध्ये एक विजय रामलाई पक्राउ गरेकै दिनदेखि निरन्तर यातना दिदाँ अस्वस्थ भएपछि बीरगंजस्थित नेशनल मेडिकल कलेज उपचारको लागि पठाइएको थियो । उपचाररत विजय रामको शरीरमा अत्यधिक चोटपटक लागेकोले किड्नीमा समस्या आएर मृत्यु भएको थियो ।

‘रौतहटको समग्र शान्ति सुरक्षाको सम्बन्धमा मैलें माथिल्लो निकायलाई गम्भिर ध्यानाकर्षण गराउदा गराउदै पनि यस्तो दुःखद घटना हुनु दुर्भाग्य हो । आर्थिक प्रलोभनमा परी अपराधको सही अनुसन्धान नगर्ने र निर्दोषलाई यातना दिएर मार्ने प्रवृत्तिले झन अपराधलाई बढावा दिने पक्का छ’ उनी थप्छन्, ‘यसर्थ नेपाल प्रहरीले प्रहरीभित्र रहेका अपराधिक प्रवृतीलाई समयमैं नियन्त्रण गरि आम जनतालाई सुशासनको प्रत्याभूति दिलाउन विशेष आग्रह समेत गर्दछु ।’

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed