CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

स्मार्ट स्कुलको लागि डाइनामिक एकेडेमिक इआरपीको प्रयोग बढ्दै

फेटा GP PSA
1,874
सिम्रौन्गढ़ नपा psa

बीरगंंज ।।  अहिले विद्यालयहरु विभिन्न प्रविधि र सफ्टवेयरको प्रयोग गर्दैै डिजिटलाइजेसन तर्फ अघि बढिरहेका छन । अबको शिक्षा प्रयोगात्मक र प्रविधिमैत्री हुनुपर्ने कुरामा दुइमत छैन । यसै सन्दर्भमा अहिले बजारमा विभिन्न आइटी कम्पनी तथा सस्थाहरुले शिक्षालाई डिजिटलाइज गर्ने प्रयास गरिरहेका छन । केहिले कन्टेन्ट डिजिटलाइज गरिरहेका छन त केहिले विद्यालय व्यवस्थापन, शिक्षा पद्धती र विद्यार्थीको सिकाईलाई ।

यसैक्रममा डाइनामिक टेक्नोसफ्ट प्रा.लिले डाइनामिक एकेडेमकि इआरपीको अपडेटेड भर्सनहरु विद्यालयको लागि अपलब्ध गराएको छ । डाइनामिक इआरपीमा एकाउन्ट, ट्रान्सपोर्ट, लाइब्रेरी, पेरोल, जिपिएसको समाधान दिन सकिन्छ । यसमार्फत विद्यालयले सबै आर्थिक व्यवस्थापन पारदर्शीरुपमा राख्न सक्छन भने विद्यार्थीले शुल्क तिरेको जानकारी सम्वन्धित निकाय र अभिभावकमा अपडेट हुनेछ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

यसले विद्यार्थीहरुको बस वा गाडी कँहा आइरहेको छ वा कतिखेर घरबाट निस्कने समेत जानकारी दिनेछ । विद्यार्थीहरुले घरमै बसि नोट तथा शिक्षकले दिएको होमवर्क हेर्ने र बुझाउन सक्छन । यस सफ्टवेयरको प्रयोगबाट लाइब्रेरी व्यवस्थापन समेत गर्न सकिन्छ । यस सफ्टवेयर मार्फत अनलाइन एटेन्डेन्स पनि गर्न सकिन्छ । विद्यार्थी र शिक्षकको लागि छुट्टै मोवाइल एप मार्फत थप सुविधा लिन सकिन्छ । समग्ररुपमा विद्यालय, विद्यार्थी र शिक्षकलाई समेत यस सफ्टवेयर मार्फत एउटै नेटवर्कमा जोड्न सकिन्छ ।

विद्यार्थीको पर्फमेन्स र मार्कसिट पनि यसले उपलब्ध गराउछ । यि सबै सुविधाहरुको लागि अहिले बजारमा डाइनामिक एकेडेमिक इआरपी उपलब्ध भएको कम्पनीका प्रवन्ध निर्देशक दिपक साहले बताए । यो एप्लिकेसन
नेपालका सय भन्दा बढि विद्यालयहरुमा सफल प्रयोग भइरहेको छ र नेपालका अन्य सफ्टवेयर भन्दा पनि उत्कृष्ट रहेको साह दाबि गरेका हुन ।

काठमाण्डौ, विरगञ्ज, चितवन, वुटवल र अन्य स्थानहरुमा पनि यस सफ्टवेयरको प्रयोग भइरहेको साहले बताए । यो सफ्टवेयर युजर फ्रेन्ड्लीका साथै उत्कृष्ट सपोर्ट सुविधा समेत कम्पनीले दिने जनाएको छ । शिक्षालाई प्रविधिसँग जोड्दै स्मार्ट स्कुल बनाउन डाइनामिक एकेडेमिक इआरपी उत्कृष्ट प्लाटफर्म भएको प्रयोगकर्ता विद्यालयहरुको भनाई रहेकोे छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश