CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

स्वतन्त्र समाज नेपालद्वारा आज दशऔ दिन पनि निःशुल्क खाना खुवाउदै

फेटा GP PSA
1,185
सिम्रौन्गढ़ नपा psa

वीरगंज, पर्सा।

हाल नेपालका नेपाली जनता लाई नेपाली युवाले बचाउन लाई सकृय नभए अवस्था गम्भीर हुन सक्ने भएकोले युवाहरुले सकृय भएका छन्। नेपाली युवाहरूले नै कतै भोकै मर्ने अवस्थामा परेरका लाई शिविर संचालन गरेका छन् भने कतै अस्पतालको सैयामा एक थोपा रगतका लागी छ्ट्पटाइ रहेको बेला पनि युवाले नै आफ्नो रगत दिएर बचाइ रहेका हुन्छन्। नेपालमा त्यत्रो नेता तथा सरकार लाई बचाउन त युवाले खाडी मुल्कमा खुन पसिना बगाएर नै बचाएको हो, हाम्रो नेपाल लाइ युवाले नै धानी रहेकोे सर्वविदित रहेकोे छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

सोही अनुसार हामी सम्पुर्ण नेपाली समाजका युवाहरू लाई नै आ-आफ्नो समाजको जिम्मेवारी लिएर अगाडी बढ्दै सम्पुर्ण नेपालीको जीवन् रक्षा देखि हरेक कुरामा ध्यानाकर्षण गर्नु पर्ने अवस्था रहेकोेले सक्रियताका साथ अग्रसर भएका छन्।

त्यस्तै सेवा नै धर्म हो भन्ने मुल नाराका साथ स्वतन्त्र समाज नेपाल द्वारा निषेधाज्ञा अवधिभरी गरिब, असहाय, बृद्ध एवं निमुखा जनताहरु लाई निःशुल्क रुपमा खाना खुवाउने अभियान जारी रहेको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय पर्साद्वारा जारी निषेधाज्ञाका कारण वीरगंजमा प्रभावितहरु लाई समाजले खाना वितरण गर्दै आएको छ।

Karaiya Mai Notice Winter

लामो समय देखीको निषेधाज्ञाका कारण गरिब र दैनिक ज्यालादारी गरी आफ्नो जिविकोपार्जन गर्नेहरु समस्यामा परेका छन् । स्थानीय प्रशासनले निषेधाज्ञा लगाए पनि उनीहरुको व्यवस्थापनका लागि कुनै कदम नचालेको देखिए पछि आफुहरु अगाडी सरेको समाजका अध्यक्ष कन्हैया झाले वताए ।

स्वतन्त्र समाजका टिमहरूले विगत दशऔ दिन पनि दुई हजार भन्दा पनि बढी परिवारलाई सहयोग गर्न सफल भएको स्वतन्त्र समाज नेपालका केन्द्रय उपाध्यक्ष मुना प्रसाद साहले जानकारी दिए ।

समाजले बिहान र बेलुका गरी एक दिनमा २ समय खाना पकाएर नै खुवाउने गरेको केन्द्रिय उपाध्यक्ष साहले बीरगंज भरी तथा बिदेश र अन्य जिल्ला बाट आएर दैनिक ज्यालादारी गर्ने परिवार सम्मका लागि आफुहरुले खाद्यान्न उपलब्ध गराउँदै आएको उपाध्यक्ष साहले बताए ।

खाद्यान्न वितरण गर्ने कार्यमा रवि वणर्वाल, दिपेन्द्र साह, अनिल साह , अभिनाष गुप्ता, उतम कुशवाहा , मनिष श्रीवास्तव , धिरज साह, अर्जुन सरार्फ, सुभम सरार्फ, आशा देवी, अंगद शर्मा, राजेश साह लगायतकाले सहयोग गरिरहेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश