विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जनमत पार्टीको वीमनपा वडा नं.१४ मा वडा कमिटी गठन

सिम्रौन्गढ़ नपा psa

वीरगंज ३ असोज
जनमत पार्टीको वीरगंज महानगरपिलका वडा नं. १४ पिप्रामा वडा कमिटी गठन भएको छ । पार्टी पर्साका जिल्ला ईन्चार्ज सन्तोस साह, पार्टीको महिला जिल्ला अध्यक्ष अनिता रौनियार, उपाध्यक्ष सबो खातुन र सदसय नजमा खातुनको विशेष उपस्थितिमा सो कमिटी गठन भएको हो ।
वीरगंज महानगरपालिका वडा नं. १४ पिप्रामा बिनोद कुमार पटेलको संयोजकत्वमा ११ सदस्यीय वडा गठन भएको छ । जनमत पार्टीले संविधान दिवस वीर शहिदहरुको सम्मानमा कालो झण्डा देखाइ संविधानको विरोध गर्ने पार्टीका जिल्ला इन्चार्ज साहले बताए ।
जसमा सदस्य सन्देश पटेल, रोज महम्द, निरज पटेल, अजय पटेल, विरेन्द्र राम, ओम प्रकाश पटेल लगायत ११ सदस्यीय जनमत पार्टी वडा स्तरीय समिति गठन गरिएको छ । जसमा जनमत पार्टीका जिल्ला सह इन्चार्ज राहुल रौनियार, जनमत महिला संघको अध्यक्ष अनिता रौनियार उपाध्यक्ष सबो खातुन, गैर आवासिय संघ कतारका सदस्य अफताब आलम सेक, जिल्ला सदस्य रामनरेश पटेल लगायतका सहभागि रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed