CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रहरीको दमनले ब्यापारीहरु टायर बाली आन्दोलन                                          

फेटा GP PSA
1,357
सिम्रौन्गढ़ नपा psa

प्रहरीको दमनले ब्यापारीहरु टायर बाली आन्दोलन                       

Karaiya Mai Notice Winter
अनिल पाण्डेय
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
कलैया बारा

            बारा को मझरिया नहर चौकमा व्यापारी र स्थानियहरुले टायर बालि चक्का जाम गरेका छन। प्रहरीले तानासाहि गरेको भन्दै बाटो अवरुध गरि आन्दोलन गरेकाछन।
भदौ २५ गते विरंगजबाट ना ७ ख ६८५८ नम्वर को मिनी ट्रकमा किराना समान लोड गरी हर्दिया जादै गर्दा तेलकुवा  प्रहरी चौकीले रोकी  जिल्ला प्रहरी कार्यालय मा अनुसन्धान गर्न पठाएकाले सबैको बिल भौचर भएता पनि भँसार कार्यालय पठाईदिएको गुनासो गर्दै आन्दोलन गरेकाछन।भँसार कार्यालय जादा हकदबिको कुनै सुचना नआएको भन्ने जानकारी पाउदै आएको तर हकदाबिको सुचना फाईलमा नै लुकाई राखिएको पिडित पुसिन्द्र साहले जनकारी गराउनुभयो ।
प्रहरी चौकी तेलकुवा को ईन्चार्ज जयराम यादवले मझरिया नहर चौकबाट प्रहरी कर्यालय कलैयामा अनुसन्धान गर्ने खबर प्राप्त​ भएकोले बिल भौचर लिएर जादा बिल भौचर नहेरी  प्रहरीले भन्सार चलान गरेको पिडीत साहले गुनासो गरेकाछन । मझरीया नहर चौक महागढीमाई नगरपालीका ७ बाट कलैया पेठाएको मिनी ट्रकलाई सुवर्ण गाउपालीका को दक्षिण मा रहेको वडा नम्वर ३ बाट पर्काउ गरिएको प्रहरी  रिपोट गलत भएकोले  विरोध भएकोथियो । मझरिया नहर चौकबाट समातेकोले लिखित माँग गर्दै र भन्सारबाट फिर्ता ल्याउन माँग गर्दै विरोध भएको थियो । मँगलबार बिहानदेखि चक्काजाम गरी प्रदर्शन भएको थियो।जिल्लाबाट आएको  ईस्पेक्टर रूद्रराज कडेल र स्थानिय बिच भोली बुधबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसँग बसेर समस्याको समाधान गर्ने  मौखित सम्झौताले र आफु पनि सत्य बोल्ने बचन दिदा बाटो सुचारुभएको थियो ।
प्रहरी चौकी तेलकुवा को इन्चार्ज असई जयराम यादवसँग जानकारी लिदा जिल्लाको आदेशले समातेर जिल्लामा मै पठाएको हुदा विशेष जनकारीकोलागि जिल्ला प्रहरी प्रवक्ता सँग जानकारी लिनु त्यहाबाट नै जानकारि पाउनुहुनछ म केहि बताउन सक्दिन । डिएसपी गौतम मिश्रसँग  जनकारी लिदा विशेष सुचनाको अधारमा गाडी समातिएको हो । नेपालबाट भारत तिर मटर , छोहडा , मरीच लैजादै गर्दा सुवर्ण गाउँपालीकाको वडा न. 3 बाट समातिएको भनि प्रहरी प्रवक्ता मिश्रले जानकारी गराउनुभयो । बाराको दक्षिणी भेग मा विशेष मात्रामा खपत हुन नसक्ने भएकाले बिषेश सुचनाको अधारमा समातिएको प्रवक्ता मिश्र जानकारी दिनुभयो । भदौ २५ गते समातिएको समानहरु अनुसन्धान कोलागि  विरंगज भन्सार पठाएको जानकारी दिनुभयो । महागढीमाई नगरपालीका वडा नम्वर ७ को अमलेश साहले यहा पुलिसहरु पैसा खानकोलागि घर कोलागि समान अलिअलि ल्याउदा पनि अनाव्यस्क दुख दिने गरेको गुनासो पोखेकाछन।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश