विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रिलायन्स सुपरटेक सिमेन्ट भु – माफिया जस्तै

सिम्रौन्गढ़ नपा psa

रिलायन्स सुपरटेक सिमेन्ट भु – माफिया बन्दै  

अनिल पाण्डेय

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कलैया बारा


बारा जिल्लाकाे जितपुरसिमरा उपमहानगरपालिकाका सर्वाजनिक जग्गाहरुकाे संरक्षण गर्ने निकायले चासाे नदेखाउँदा भु – माफिया तथा पहुँच हुनेहरुले सार्वजनिक जग्गाहरु मिच्दै आईरहेका छन् । यस्तै कार्य जितपुरमा रहेको रिलायन्स सुपरटेक सिमेन्ट प्रा लि ले गरेको छ । यस उधाेगले सगरदिन छातापिपार,बेहारा, हुँदै बग्ने कुलाेलाई अतिक्रमण गरेको पाईएकाे छ ।उक्त उधाेगले १२ फिट देखि १८ फिट सम्म चाैडाई रहेको कुलाेकाे सात कठ्ठा जग्गा हड्पेकाे श्री सगरदिन माैजा बाधपैन समितिका अध्यक्ष सुरेन्द्र साहले बताए । रिलायन्स सुपरटेक सिमेन्टले स्थानीय केही ब्यक्तिहरुलाई लाेभलालच देखाई चुप गराएर अतिक्रमण गरिरहेकाेे साहले बताए ।

Karaiya Mai Notice Winter

उक्त कुलाेकाे पानी सगरदिना छातापिपारा, बलुवा,बेहरा लगायतका ठाउँमा रहेको खेतहरुमा खेती गर्न प्रयाेगमा आउँदै गरेको थियोे तर उधाेगले कुलो अतिक्रमण गरिदिंदा किसानहरु मर्कामा परेको छातापिपराकाे किसान राेशन चाैधरीले गुनासो गरे ।उक्त कुलो रिलायन्स सुपरटेक सिमेन्ट उधाेग हुँदै बगेकाे छ र उधाेगले उक्त कुलाेकाे पानी हयुप पाइप हालेर निकास दिएको उधाेगका प्रतिनिधि बिनय श्रीवास्तवले जनाए पनि पत्रकारलाई हयुप पाइप हालिएको ठाउँमा जान तथा फाेटाे खिच्न राेक लगाएका थिए ।

उधाेगले दादागिरी शैलीमा सार्वजनिक जग्गा एवं कुलो मिचेकाे पाइएपनि पैसाको लाेभलालच देखाई यस बिरुद्धमा आवाज उठाउनेहरुलाई आफ्नो मान्छे लगाई पन्छाउने गरेको समितिका अध्यक्ष सुरेन्द्र साहले बताए । यदि उधाेगले अतिक्रमित जग्गा तथा कुलो अतिक्रमण गर्न नछाेडेमा बृहत् आन्दोलन गर्ने र सम्बन्धित निकायहरुलाई दवाब सिर्जना गर्ने किसानहरुले जानकारी दिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed