विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

काठमाडौंमा कोहि भोकै नरहन बाल सचेतना केन्द्र नेपाल द्वारा निःशुल्क खाना खुवाउदै

सिम्रौन्गढ़ नपा psa

एमपी शाह, काठ्मान्डौं।
हाल नेपालका नेपाली जनता लाई नेपाली युवाले बचाउन लाई सकृय नभए अवस्था गम्भीर हुन सक्ने भएकोले युवाहरुले सकृय भएका छन्। नेपाली युवाहरूले नै कतै भोकै मर्ने अवस्थामा परेरका लाई शिविर संचालन गरेका छन् भने कतै अस्पतालको सैयामा एक थोपा रगतका लागी छ्ट्पटाइ रहेको बेला पनि युवाले नै आफ्नो रगत दिएर बचाइ रहेका हुन्छन्। नेपालमा त्यत्रो नेता तथा सरकार लाई बचाउन त युवाले खाडी मुल्कमा खुन पसिना बगाएर नै बचाएको हो, हाम्रो नेपाल लाइ युवाले नै धानी रहेकोे सर्वविदित रहेकोे छ।

सोही अनुसार हामी सम्पुर्ण नेपाली समाजका युवाहरू लाई नै आ-आफ्नो समाजको जिम्मेवारी लिएर अगाडी बढ्दै सम्पुर्ण नेपालीको जीवन् रक्षा देखि हरेक कुरामा ध्यानाकर्षण गर्नु पर्ने अवस्था रहेकोेले सक्रियताका साथ अग्रसर भएका छन्।

त्यस्तै सेवा नै धर्म हो भन्ने मुल नाराका साथ बाल सचेतना केन्द्र नेपाल द्वारा निषेधाज्ञा अवधिभरी गरिब, असहाय, बृद्ध एवं निमुखा जनताहरु लाई निःशुल्क रुपमा खाना खुवाउने अभियान चलाइ रहेका छन्। त्यसै क्रममा आज १६औ दिन पनि शिविर चलाइरहेका छन्।

Prasauni holi 2082
karaiya holi 2082

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारको इसारामा जिल्ला प्रशासन कार्यालय काठमान्डौं द्वारा जारी निषेधाज्ञाका कारण प्रभावितहरु लाई युवाहरूले खाना वितरण गर्दै आएको छ। लामो समय देखीको निषेधाज्ञाका कारण गरिब र दैनिक ज्यालादारी गरी आफ्नो जिविकोपार्जन गर्नेहरु समस्यामा परेका छन् । तर सरकारले मात्र लकडाउन गरि घरमै थुनेर मार्ने मात्र गुरु योजना रहेको पनि सर्वसाधारणहरुको टिप्पणी रहेको छ। सरकारको मुखमा कालो मस्सी लगाउदै यी संस्थाले आफै त्यत्रो ६ महिना सम्म कमाउन नसकेका युवाहरूले खाद्यान्न उपलब्ध गराउँदै एउटा बाटो देखाएको सेवा ग्राहीहरुले आफ्नो अभिमत राखेका छन्।

खाना बाड्ने कैम्प नजिकै आ-आफ्नो अभिमत त्यहा जम्मा भएका रिकसा चालक तथा टेम्पो चालक लगायत दैनिक रोजगारी गरि खाने हरु एक जुट भएर स्थानीय, प्रदेश र संघीय तीनवटै सरकार लाई ब्यापकरुपमा आलोचना गरेका थिए। यो सरकारहरुले के नै गर्न सक्लान अबत लाग्दै छ कि अढाइ सय बर्ष पहिलाको जमानामा हामी आइपुगेको हो कि ? आफैमा प्रश्न र जवाफ गर्दै उपहास गर्दै भने पहिला त बाइसी र चौबिसी राज्य हुने गर्थ्यो तर अबत त्यसभन्दा पनि कम क्षेत्रफलको आ-आफ्नो पालिकाहरु लाई नै राज्य बनाएर जसले जति लुट्न सकेको लुटिरहेको कुरा चर्चा समेत गर्ने गरेका थिए।

नेपाल सरकारको इसारामा स्थानीय प्रशासनले निषेधाज्ञा लगाए पनि उनीहरुको व्यवस्थापनका लागि कुनै कदम नचालेको देखिए पछि आफुहरु अगाडी सरेको अभियन्ताहरुले वताए ।

यस बाल सचेतना केन्द्र नेपालको कोहि भोको नरहौ अभियानको आज १६औ दिन पनि निरन्तर जारी रहेको छ। बौद्ध फुलबारी, माहान्काल, गौरिघाट, गुहेश्वोरी, पशुपति क्षेत्र मा रहेका सडक बालबालिका, असहाय तथा विपन्न वर्गका व्यक्ति हरुलाइ खाना खुवाउन यो संस्थाका अध्यक्ष बाबुराम फुयाल, कोसाधक्ष्य शर्मिला उप्रेती, सदस्यहरु झलक राज उप्रेती, अन्जना श्रेष्ठ, रबिन्द्र दाहाल, रमेस पुडासैनी, प्रबेश कार्की, मायालु लामा, रस्मिला श्रेष्ठ, सल्लाहकार उत्तम शर्मा, बाल क्लबका अधक्ष्य अभिलेख राज उप्रेती, प्रज्वल दाहाल, एन्जला बोगटी, बिन्दु बुढाथोकी लगायतको सहभागीता रहेको छ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed