विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

इन्डियन (आईपीएल) प्रिमियर लिगमा राजस्थान रोयल्सलाई ५७ रनले मुम्बई शीर्षस्थानमा

सिम्रौन्गढ़ नपा psa

दिपेन्द्र साह, पर्सा।

राजस्थान रोयल्सलाई पराजित गर्दै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को अंक तालिकामा शीर्ष स्थानमा पुगेको छ । मंगलबार राती शेख जायद स्टेडियम आबूधाबीमा भएको २० औं खेलमा तीव्र गतिका बलर जस्प्रित बुमराह र ब्याट्सम्यान सूर्यकुमार यादवको उत्कृष्ट प्रर्दशनमा राजस्थानलाई ५७ रनले पराजित गर्दै मुम्बई शीर्षस्थानमा पुगेको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

जितका लागि १ सय ९४ रनको बलियो लक्ष्य पछ्याएको राजस्थान १८.१ ओभरमा १ सय ३६ रनमा अल आउट भयो । टस जितेर पहिला ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९३ रन बनाएको थियो । मुम्बईलाई बलियो योगफलमा पुर्याउन सूर्यकुमार यादवले उत्कृष्ट ब्याटिङ गरेका थिए । सूर्यकुमार ४७ बलमा ११ चौका र २ छक्का सहित ७९ रनमा अविजित रहे ।

 

Karaiya Mai Notice Winter

हार्दिक पान्ड्या १९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३० रनमा अविजित रहे ।मुम्बईलाई ओपनर रोहित शर्मा र क्विन्टन डी ककले ४.५ ओभरमा ४९ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थियो । यी दुई खेलाडीबीचको साझेदारी पहिलो आइपिएल खेल खेलि रहेका युवा तीव्र गतिका बलर कार्तिक त्यागीले बाउन्सर बलमा डी ककलाई विकेटकिपर जस बटलरबाट २३ रनमा क्याच गराउँदै तोडेका थिए ।

डी ककले १५ बलमा ३ चौका र १ छक्का प्रहार गरे । स्पिनर श्रेयस गोपालको दशौं ओभरको पहिलो बलमा ठूलो सट खेलेका रोहित लङ अनमा राहुल टेवाटियाको हातबाट ३५ रनमा समातिन पुगे । रोहितले २३ बलमा २ चौका र ३ छक्का प्रहार गरे । लगत्तै अर्को बलमा गोपालले इशान किशनलाई सन्जु स्यामसनबाट शून्यमा क्याच आउट गराए । जोफ्रा आर्चरको १४ औं ओभरको अन्तिम बलमा क्रुनाल पान्ड्या १७ बलमा १२ रन जोड्दै मिड विकेटमा गोपालबाट क्याच आउट हुन पुगे ।श्रेयस गोपालले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए ।

कार्तिक त्यागिले ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिए । जोफ्रा आर्चरले ४ ओभरमा ३४ रन खर्चेर १ विकेट लिए ।मुम्बईले अव अक्टोबर ११ मा दिल्ली क्यापिटल्ससँग खेल्ने छ भने राजस्थानले दिल्ली क्यापिटल्सबिरुद्ध अक्टोबर ९ मा खेल्ने छ । जितसँगै मुम्बई ६ खेलमा ४ मा जित र २ मा हार सहित शीर्षस्थानमा उक्लिएको छ । दिल्ली क्यापिटल्स ५ खेलमा ४ मा जित र १ मा हार सहित नेट रन रेटका कारण दोस्रो स्थानमा छ । बेंगलोर ५ खेलमा ३ मा जित र २ मा हार सहित तेस्रो स्थानमा छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed