विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

बर्तमान सरकार जनता बिरोधी : संविधान सभा सदस्य डा. पराजुली

सिम्रौन्गढ़ नपा psa

अनिल गुप्ता, कलैया।

नेपाली कांग्रेस नगर कार्यसमिति बौधीमाईद्धारा आयोजना गरिएको बौधीमाई नगरपालिकाको बंकुलमा दिपावली तथा छठको शुभकामना अदानप्रदान कार्यक्रमको प्रमुख अतिथी नेपाली काग्रेस पार्टीका पुर्व मुख्य सचिव समेत रहका डा. पराजुलीले वर्तमान सरकार जनता बिरोधी रहेको दाबी गरेका छन् । राणा शासनकाल भन्दा पनि कठोर रुपमा बर्तमान सरकारले नागरिक माथि दमन गरिरहेको आरोप समेत लगाए। जसका प्रत्येक्ष उदाहरण नेपाली काग्रेस रौतहट क्षेत्र नम्बर २ का निर्वाचित संघिय साँसद महम्द अफताब आलमलाई बिना कारण बर्तमान सरकारले जेलमा हालेको भने ।

Prasauni holi 2082
karaiya holi 2082

अफताबलाई जेलमा हालेर नेपाली काँग्रेसलाई रौतहट लगायत तराईका जिल्लाहरुमा कमजोर बनाउने दिवा सपना देख्नेहरुलाई सपना कहिले पनि बिपनामा पुरा नहुने तुनौती समेत दिए । बिधीको शासन कायम गर्न गराउन र नागरिकलाई सहज, शुलभ रुपमा उपचार गर्न गराउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिनुले पनि यो सरकार जनता बिरोधी भएको ठहर भईसकेको डा. पराजुलीको भनाई रहेको थियो । वर्तमान सरकारले गरेका जघन्य अपराधहरुले गर्दा रौतहटमा हजारौ अफताब आलम जन्मिसकेको समेत उदघोष गरे ।

संविधानमा सबै नागरिकलाई गास वास, कपास र स्वतन्त्रताका लागि अधिकार दिएको भएतापनि वर्तमान सरकारले बेथिती, अन्याय अत्याचार, दमन शोसन गर्दै बाक स्वतन्त्रतालाई समेत कुन्ठित गईरहेको बताउनु भयो ।सोहि कार्यक्रमलाई सम्बोधन गर्दै रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का संघिय साँसद देवप्रसाद तिमिल्सीनाले बर्तमान सरकार असफल भएको दावी गर्दै किसानका लागि मलखाद उपलब्ध गराउन नसक्ने सरकारले एक बर्षमा ७ अर्वको गाडी किनेर भ्रष्टाचार दलदलमा फसेको र देश जनतालाई डुबाएको आरोप समेत लगाए ।

तराई मधेसमा मधेसको नाममा खोलिएको पार्टीहरु मधेस बिरोधी पार्टी रहेको चर्चा गर्दै तराई मधेसको बिकास नभई ती नेताहरुले सता र शतिmका लागि मधेसी जनतालाई प्रयोग गरिरहेको भने समेत बताए । तराई मधेसका जनताहरुका लागि र मधेसको बिकासका लागि नेपाली काँग्रेस पार्टी नै रहेको उनको कथन रहेको थियो । कार्यक्रममा नेपाली काँग्रेस प्रदेश २ का संसदिय दलका उपनेता लालबाबु शेख, राजपुर नगरपालिकाका मेयर सकिल महम्द, वृदाबन नगरपालिकाका मेयर रामस्नेही यादव, नेपाली काँग्रेसका जिल्ला कोषअध्यक्ष रामश्रेष्ठ साह, नेताहरु रामचन्द्र गिरी, नौसाद आलम लगायतकाले आफनो बिचार ब्यतm गरेका थिए।

बौधीमाई नगरपालिकाका काग्रेस सभापति रामलोचन प्रसाद जसवालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेकपा, मधेशीदलका करिब सय जनाले पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । नेपाली काँग्रेसका यूवा नेता राजन कुमार जसवालले स्वागत मन्तब्य राखेमा थिए ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed