विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कलैया उपमाहानगरपालिकाको दुई क्रमचारी विरुद्ध अखित्यार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी

सिम्रौन्गढ़ नपा psa

कलैया उपमाहानगरपालिकाको दुई क्रमचारी विरुद्ध अखित्यार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी

 

अनिल पाण्डे ,

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कलैया बारा

कलैया उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत र स्वास्थ शाखा प्रमुख विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । कोरोना परिक्षण गर्ने कर्मचारी नियुक्तिमा कलैया उपमहानगरपालिकाले गरेको आर्थिक चलखेलको छानबिन गर्न उजुरी दर्ता गरिएको छ ।

पिसि आर चेकजाँचको लागि लिइएको परिक्षामा बैकल्पिक उम्मेदवारमा नतिजा प्रकाशित भएपछि सो को छानबिन गर्न महागढीमाई नपा १ निवासी मनिष कुमार गुप्ताले कलैया उपमहानगरपालिका विरुद्ध पुन: लिखितको कोपि चेकजाँच गर्न मांग गर्दै अख्तियारमा बिहिवार उजुरी दर्ता गराएको छ ।

Karaiya Mai Notice Winter

कलैया उपमहानगरपालिकाको नगर प्रमुख राजेश राय यादव , प्रमुख प्रशासकिय अधिकृत तथा स्वास्थ शाखा प्रमुख प्रेमचन्द्र जैसवालको मिलोमतोमा आर्थिक चलखेल गरि अयोग्यलाई नियुक्ति गरिएकोले सो को छानबिन गर्न मांग गरेका छन ।

बिगत असोज ७ गते लिखित परिक्षाको समय निर्धारण गरि सोही दिन अर्को सूचना प्रकाशित नभएसम्म स्थगित गरिएको लिखित परिक्षा कार्तिकमा लिइएको र नतिजा कार्तिक २६ गते प्रकाशित गरेकोमा आर्थिक  चलखेल भएको रहस्य बाहिर आएको वहाँले बताए ।

बिगतको दिनमा कलैया उपमहानगरपालिकाको स्वास्थ शाखा प्रमुख प्रेमचन्द्र जैसवालले कोरोना कोभिड १९ को नाममा करोडौं ब्रहमलुट गरेको सर्वबिदितै छ । कोरोना कोभिड १९ मा कलैया उपमहानगर पालिका द्वारा क्वारेन्टाइन र आईसोलेसनको नाममा करोडौं रकम घोटाला गरेको थियो  ।

कलैया उपमहानगरपालिकाको युवा समिति द्वारा कोरोना कोभिडको खर्च समबन्धी बिवरन माँग गर्दा स्वास्थ शाखाले अधुरो बिवरन दिएपछी कोरोनाको नाममा करोडौं ब्रहमलुट भएको शंका उब्जिएको छ । स्वास्थ जीवन संग खेलवाड गर्ने स्वास्थ शाखा प्रमुख प्रेमचन्द्र जैसवाल र प्रमुख प्रशसकिय अधिकृत प्रहलाद बर्णवालले रकमको चलखेल गरि कोरोना परिक्षणमा कर्मचारी नियुक्ति गरेकोले सोको छानबिन गर्न अख्तियार दुरुपयोग क्षेत्रीय कार्यलय हेटौंडामा हुलाक बाट उजुरी परेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed