CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाली कांग्रेसका एक अथक योद्धाको निधन

फेटा GP PSA
1,435
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।
नेपाली कांग्रेसका एक अथक योद्धाको निधन भएकोमा नेपाली कांग्रेसका लागि अपुर्णिय छति भएको सिम्रौनगढ नगर प्रमुख विजय शंकर यादले‌ले महसुस गरेको बताए। प्रमुख यादवले आज बिहान आठ बजेको समयमा नेपाली कांग्रेसको झन्डा ओढाएर हिन्दू परम्परा अनुसार अन्तेष्टि गरिएको बताए।

Karaiya Mai Notice Winter

सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ का १०३ वर्षीय अनुप सहनी नेपाली कांग्रेसका लागि ‌‌२००७ देखि योगदान गर्दै आएका अथक योद्धाको गए राती निधन भएको हो। राणा कालमा अङ्ग्रेजहरु लाई पनि धपाउन गोगदान गर्नुको साथै नेपालमा प्रजातन्त्र ल्याउन लाई पनि अतुलनीय योगदान गरेको हुनाले अपुर्निय क्षति भएको, नेपाली काङ्ग्रेसका नगर सभापति नागेन्द्र साह कानु लगायत नेपाली काङ्ग्रेसका सम्पुर्ण नेताकार्यकर्ताहरुले महसुस गरेको नगर प्रमुख यादवले बताएका छन् । सहनिले करिब एक सताबदीमा राणा लाई धपाउन प्रजातन्त्र स्थापनाका लागि दसौं चोटि भन्दा पनि बढी जेलनेल गएका व्यक्तित्व रहेका थिए। सहनीको एक जना छोरा तथा दुई जना नाति रहेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

सहनीको निधन प्रती शोकाकुल नेपाली काङ्ग्रेसका करिव एक हजार जनाले अन्तेष्टीमा पुगेर श्रद्धा सुमनका साथ श्रद्धाञ्जली अर्पण गरेका छन् । अन्तेष्टीका लागि अडुवा खोलामा नेपाली काङ्ग्रेसका स्वतन्त्र सेनानी सहनि लाई अर्पण गर्न नेपाली काङ्ग्रेसका जिल्ला कोषाध्यक्ष चन्द्रशेखर यादव, जिल्ला सदस्य मोहन कुस्वाहा, निजगढ नगरपालिका नेपाली काङ्ग्रेस सभापति महेसी कुवर, सिम्रौनगढ नपा सभापति नागेन्द्र साह कानु, महासमिति सदस्यहरु उपेन्द्र जैसवाल, रामनरेशकान्त कुस्वाहा, नेपाल प्रजातान्त्रिक सेनानी बारा अध्यक्ष किशोर नेपाल लगायत करिव एक हजार जनाले श्मशान घाटामा पुगेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश