विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बिगत ९ महिना देखि बन्द खुलाउन नेपाल सरकार माथि खनिय रम्भा मिश्र  

सिम्रौन्गढ़ नपा psa

दिपेन्द्र शर्मा, बीरगंज, पर्सा।

बिगत ९ महिना देखि बन्द रहेको नेपाल भारत खुला सिमानाको प्रमुख प्रवेशद्वार खुलाउन नेपाल भारत संबाद समुहको आयोजनामा  अनिश्चितकालीन धरना प्रदर्शन भई रहेको छ। कोरोनाको बहानामा नेपाल सरकारले बन्द गरेको नाका हाल सम्म नखोली आफ्नो राजनीतिक रोटी सेकी रहेको भन्दै संबाद समुहले धारणा प्रदर्शन गरि रहेका छन्। सरकारले कोरोनाको बहानामा नेपाली जनता लाइ शोषण तथा शाषण मात्र गरि रहेको सम्बाद समुहको आरोप रहेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

हालको अवस्थामा नेपालमा विभिन्न पार्टीको सभा सम्मेलन जुलुस आदि इत्यादि भई रहदा तथा तस्करीको समान नेपाल भित्रिदा कोरोना न लाग्ने तर सिमा नाका खोल्दा कोरोना लाग्छ भन्ने राजनीतिक स्वार्थ बाहेक अरु केहि नरहेको समेत विश्लेषणका साथ् यस्ता आरोप लगाएका छन्।  नेपाल भारतको सम्बन्धमा कटुता प्रकट गर्नुको साथै सब भन्दा बढी तराइ बासि लाइ शाशित गर्ने उदेश्यले मात्र यस्तो नाका बन्द गर्ने कार्य गरेको सम्बाद समुहको आरोप रहेको छ।

Karaiya Mai Notice Winter

नेपाल भारतको सम्बन्धको नाममा अनेक प्रकारको प्रोपोगान्डा खडा गरि एकलौटी रुपमा अगाडी बढेको समेत उलेख गर्दै नेपाल सरकार माथि सम्बाद समुहका रम्भा मिश्रले खनिएका थिन। मात्र तराइ बासि लाइ शाशित नगरी नकली राष्ट्र बादको खोल ओढेर सर्वसाधारण लाइ भ्रममा पार्दै आफ्नो कुर्सि टिकाउने खेलमा लागेको समेत मिश्रले आफ्नो अभिव्यक्ति दिएकी थिन।

नेपाल सरकाले नाका बन्द गर्दा सर्वसधार्णले निकैनै सास्ती भोग्न बाध्य भएको उलेख गर्दै सम्बाद समुहका मिश्रले सवसाधारणले उपभोग गर्ने दैनिक उपभोग्य बस्तुहरुको मूल्य अकासियको बताइन। दैनिक उपभोग्य बस्तुहरुको मूल्य अकासियको हुनाले दिनप्रतिदिन सामाजिक विकृतिमा पनि निकै प्रोत्साहन भएको उनको ठम्याई रहेको छ। सरकारले सर्वसाधारणको सेवासुबिधामा कुनै चासो नदेखाई सत्ताको कुर्सि टिकाउने खेलमा मात्र व्यस्त रहेको मिश्रले आरोप लाएकी छिन्।

बन्द रहेको नेपाल भारत खुला सिमानाको प्रमुख प्रवेशद्वार खुलाउन नेपाल भारत संबाद समुह द्वारा हिजो देखि आयोजित अनिश्चितकालीन धरना प्रदर्शन नेपाल भारत संबाद समुहको अध्यक्ष राम नरेश यदाबको अध्यक्षतामा धर्ना कार्यक्रम भईरहेको छ। बीरगंजको भन्सार कार्यालय नजिक मितेरी पुलको वारि पट्टी धारणामा पुर्व राज्य मंत्री करिमा बेगम, मुन्नी श्रीवास्तव, कृष्णा पटेल, समुहका सचिव तबरेज आलम लगायतको सहभागीता रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed