विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जोखिम भत्ता नपाएको भन्दै आदर्श कोतवालका स्वास्थ्यकर्मी आन्दोलनमा : संयोजक यादव गैर जिम्मेवार

सिम्रौन्गढ़ नपा psa

अमरेस कुमार पाण्डेय, कलैया, बारा।

सरकारले तोकेको स्वास्थ्य जोखिम भत्ता नपाएको भन्दै बाराको आदर्श कोतवाल गापाका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन्। कोभिड-१९ को जोखिम मोलेर काम गरे पनि सरकारले घोषणा गरेको ‘जोखिम भत्ता’ नपाएको भन्दै सोमवारदेखि उनीहरू आन्दोलनमा उठेका छन्। सरकारले कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने आश्वासन दिएको थियो। स्वास्थ्यकर्मीलाई गाउँपालिकाले दिन्छु भनेको जोखिम भत्ता नदिए पछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए। उनीहरूले पहिलो चरणमा विरोधस्वरुप सोमबार र मंगलबार हातमा कालोपट्टी बाँधेर कार्यक्षेत्रमा खटिँदै आन्दोलन सुरू गर्ने पटेर्वा स्वस्थ्य चौकि प्रमुख नरेश कुमार निधिले बताए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

टेढ़ाकट्टी स्वस्थ्य चौकीमा कार्यर स्वास्थ्यकर्मी सरोज कुमार कान्तले तत्काल स्वास्थ्यकर्मीलाई भत्ता उपलब्ध गराउन माग गर्दै गाउँपालिका लाई निवेदन समेत दिएको जानकारी दिए। यसैगरी पौष १ र २ गते बिहान १० देखि ११ बजे सम्म १ घण्टा पेन डाउन गर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन । साथै यो अवधिमा पनि भत्ता उपलब्ध नभए पुष ३ गते देखि गाउँपालिका कार्यालय अगाडी सबै सेवाहरु बन्दगरी अनिश्चितकालीन धर्ना दिने र सोबाट सेवाग्रहीमा पर्न जाने असुविधा प्रति आदर्श कोतवाल गाउँपालिका जिम्मेवार हुने उनीहरुले चेतावनी दिएका छन्।

स्वास्थकर्म्रीहरुको गुनासो सम्बन्धमा गापा प्रमुख मुस्तुफा अन्सारी संग बुझ्दा गापा स्वास्थ्य संयोजक पारस यादवलाई सबै स्वास्थ्य स्वयमसेवक स्वास्थ्यकर्मीहरु लाइ बेला गरि समस्या समाधान गर्न निर्देशन दिएको तर वहाले कुन कारणले बोलाउनु भएन भने बारेमा म लाइ कुनै जानकारी नगराएको बताउनु भयो। गापाको तर्फा बाट कुनै प्रकारको समस्या नरहेको गापा प्रमुख अन्सारीले बताउनु भयो।

गापा स्वास्थ्य संयोजक पारस यादव संग यस विषयमा कुरा गर्दा खोप कार्यक्रम चलिरहेको र त्यस पछी कार्यालय प्रमुख नरहेकोले बैठक बसाउन नसकेको पन्छिदै बताए। तर स्वास्थाकर्मीहरुको भनाइ अनसार हामीलाई जहिले पनि वेवास्ता गर्दै भोलिबादी प्रविर्तिले ग्रसित भएको आरोप समेत लगाएका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed