विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बाराको सिमा नाका कागजमा मात्र बन्द

सिम्रौन्गढ़ नपा psa

बाराको सिमा नाका कागजमा मात्र बन्द

Karaiya Mai Notice Winter
अनिल पाण्डेय
कलैया बारा
बिश्व भरी नै कोरोना कोभिड-19 को कहर चलिरहेको बेला बितेको चैत्र ११ गते देखि देश भरी लकडाउन गरी सिमा नाका पुर्ण रुपमा आवत जावत बन्द गरीएको थियो। समय परिस्थितिले लकडाउनलाई समान्य पारिदै आईएको छ। हाल सम्म देशको सिमा नाका खोलिएको अवस्था छैन तर बाराको सबै सिमा नाकाहरु बाट आवत जावत लगायत तस्करी पनि तिब्र भईरहेको पाईएको छ।
बाराको सिमा नाकामा भएको सशस्त्र प्रहरी बिओपि र नेपाल प्रहरी सिमा सुरक्षा चौकिहरुको मिलोमतोमा मान्छे लगायत मोटरसाईकल साईकल समेत आवत जावत गरिरहेको देख्न सकिन्छ । त्यस्तै भँन्सार कार्यालय बन्द रहेकोले तस्करी पनि फस्टाएको छ।
बाराको गोलागँज बिओपि  , बेनौलि बिओपि  , बेल्दारी बिओपि , कबहि गोढ बिओपि , मटियार्वा बिओपि , र बिस्रामपुर बिओपि र सोहि ठाँउहरुमा नेपाल प्रहरीको पोष्ट पनि रहेको छ। बिओपि र नेपाल प्रहरी मिलि बाराको सिमा नाका नामको लागि मात्र बन्द राखि कमाई गरी रहेको कुरा प्रत्यदर्शिहरु बताएका छन।
बाराको गोलागँज बिओपि अन्तर्गत पर्ने सतुआई नाका बन्द गरी अमरपट्टी नाकाबाट दुबै प्रहरीहरु कमाई गरीरहेको सिम्रौनगढका प्रमोद साहले बताएका छन। कबहिगोढका सँन्तगँज मुख्य नाका बन्द गरी छेऊको बाटो भएर आवतजावत तथा तस्करी भईरहेको कबहिका रामएकवाल साहले बाताएकाछन।
मटिआर्वा नाकाको मुख्य नाका बन्द गरी सहायक बाटोबाट पनि त्यस्तै भई खुलेयाम दिनभरी स सना तस्करी र राति राति कपडा देखि राँगा भैसि समेत तस्करी भईरहेको र यसमा दुबै प्रहरी सँगलन रहेको स्थानियहरु बताउँछन्।
बिओपि प्रमुख र नेपाल प्रहरी पोष्ट प्रमुख सँग कुरा गर्दा यहाँ रोटिबेटिको सम्बन्ध रहेकोले जति गर्दा पनि यसलाई रोक्न नसकिने र कसैले ल्याएको मालसमान पक्राउ गरेपछि स्थानिय नेता देखि जनप्रतिनिधिसम्मको सिफारिस आउने गरेकोले समस्या रहेको बताएकाछन्।
सानालाई सास्ति र ठुलालाई मस्ति भने झै अहिले सिमा नाकामा भईरहेको छ। आम जन्ताको लागि सिमा बन्द रहेको सिमामा खटिने प्रहरीहरु बताउने गरेको तर तस्करी गर्नेलाई लाईन दिने गरेको पनि समाज सेविहरु चौक चौराहा कुरा गर्ने गरेको पाईएको छ।
कुनै कुनै नाकाबाट नेपालि नम्बरको गाडि पनि भारतमा जान रोक लगाउने गरेको छ तर यहि बारामा जता हेर्यो भारतिय नम्बर पलेटको मोटर साईकल , कार जिप निर्धक रुपमा चलिरहेको छ। गाडिको भन्सार वा ईन्ट्रि भईरहेको छैन तर यहाँको प्रहरी के गरी बसेकाछन। मिलोमतो नभई अरु के हुनसक्छ । भनि कलैया दुई का प्रभु यादबले गुनासो गरेकाछन। सिमा नाका बन्द भएको कुरा कागजमा सिमित मात्र रहेको सिमा नाकामा हेर्दा प्रष्ट हुन्छ भनि यादवले बताएका छन।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed