CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सँसद बिघटनको बिरोधमा नेकपाको कलैयामा बिरोध प्रदर्शन

फेटा GP PSA
867
सिम्रौन्गढ़ नपा psa

सँसद बिघटनको बिरोधमा नेकपाको कलैयामा बिरोध प्रदर्शन

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
कलैया बारा
बाराको कलैयामा प्रधानमन्त्रि के पि शर्मा ओलिले  सँसद बिघटन गरेको बिरोधमा नेकपा पार्टि कार्यालय कलैयाबाट निस्केको बिरोध र्यालि कलैया बजार परिक्रमा गरी भरत चौकमा कोण सभामा परिणत भएको थियो। बिरोध र्यालिमा सँसद बिघटन अलोकतान्त्रिक र असबैंधानिक कदम मुर्दाबादको नारा सहित कलैया बजार परिक्रमा गरीएको थियो।
Karaiya Mai Notice Winter
प्रधानमन्त्रि के पि शर्मा ओलि ले सर्बसत्तादारी चरित्र देखाएको कार्यक्रममा सहभागि नेताहरुले आरोप लगाएकाछन।सँबिधान मा नभएको अधिकारलाई के पि ओलि र राष्ट्रपतिले प्रयोग गरेको र नेपालबाट सँसद नै समाप्त पारी सँघियता नै खारेज गर्न तर्फ प्रधानमन्त्रि लागिपरेको  कुरा पुर्व खेलकुद मन्त्री पुरुषोतम पौडेलले बताएका थिए।
नेकपा बाराको सँयोजक क्षेत्रबहादुर श्रेष्ट ( अनिल ) को अध्यक्षतामा निस्केको बिरोध र्यालिको कोणसभामा बोल्दै प्रमुख अतिथि नेकपा केन्द्रिय सदस्य डा गोपाल ठाकुरले नेकपा पार्टी हाम्रो हो र के पि ओलिलाई निर्वाचन आयोगबाट बयल गाढा चुनाब चिन्ह दिई त्यसैमा चढाई अमेरिका पठाईदिने उदघोष गर्नु भयो। नेकपाका कार्यकार्ताहरुले लेलिनबाद मार्सबादको सिद्धान्तमा हिड्ने हामि जन्तामाथि निरंकुश लगाउने जो कोहिलाई नछाड्ने स्पष्ट पारेकाथिए।
बाराको सम्पुर्ण पालिकाहरुबाट हजारौको सँख्यामा नेकपाको कार्यकार्ताको कलैया स्थित पार्टी कार्यालय आई क्षेत्रबहादुर श्रेष्टको अध्यक्षतामा निस्केको बिरोध र्यालिमा  सहभागि भएका थिए। बिरोध र्यालि कोणसभाको सहजिकरण नारायण चौधरीले गरेका थिए भने स्वागय मन्तब्य नेकपा कलैया नगरकमिटी सचिव मुकेश साहले गरेको कार्यक्रममा केन्द्रिय सदस्य दिनेश राई , प्रदेश सभासद सुन्दर बिश्वकर्मा , प्रदेश कमिटी सदस्यहरु छठु यादव , प्रभु यादब , शिवचन्द्र कुश्वाहा ,श्री प्रसाद पसवान, चित्र बहादुर पौडेल, रबि दंगाल, तपेश्वर चौधरी, राजन पौडेल लगायतकाले सँसद बिघटन अलोकतान्त्रिक असबैधानिक भएको भन्दै मन्तब्य ब्यक्त गरेका थिए।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश