CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सिम्रौनगढ नाकाबाट तस्करी फस्टाउदै सम्बन्धित निकाय पैसा कमाउनमा ब्यस्थ

फेटा GP PSA
970
सिम्रौन्गढ़ नपा psa

सिम्रौनगढ नाकाबाट तस्करी फस्टाउदै सम्बन्धित निकाय पैसा कमाउनमा ब्यस्थ

 

अनिल पाण्डेय
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
 कलैया बारा
बाराको सिम्रौनगढ नाकाको अमरपुर , सतुआई , कवलपुर र पठालवाघाट नाका हुदै तस्करी फस्टाएको छ। नेपाल सरकारले कोभिड- १९ कोलागि बितेको चैत्र ११ गतेदेखि सिमानाका हालसम्म पनि बन्द नै राखेको छ। तर सिम्रौनगढका ति नाकाहरु नामको लागि बन्द रहेको छ।
सिम्रौनगढ ऐरिया क्षेत्रका मान्छेहरु भारतको घोडासाहन सम्म जाने आउने गरेको पाईन्छ। भारतको घोडासाहनबाट सिम्रौनगढका ति नाकाहरुबाट आलु प्याज , माछा , किराना समान , कस्टमेटिक समान , हार्डवेयरका समान , ईलेक्ट्रोनिक्स समान लगायत बिभिन्न समानहरु सिम्रौनगढ बजारसम्म ल्याई बाराको तथा नेपालको बिभिन्न बजारसम्म पुर्याउने गरीएको तथ्य खुलेको छ।
Karaiya Mai Notice Winter
 सिम्रौनगढका नाकाहरुबाट साना ब्यापरीहरुले आलु प्याज , माछा , साईकलको समान ल्याउदा सिमा नाकामा खटिएको ‌सशस्त्र प्रहरी र नेपाल प्रहरीहरुले प्रति ब्यक्ति रु ५० देखि रु ३०० सम्म लिने गरेको माछा ब्यापरी राम बिनय सहनि         बताएकाछन्। हिजोसम्म हामिले सिमा नाकामा खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई केहि रकम दिई मजाले काम गर्दै आईरहेको थियौं। आज बिहान देखि नयाँ  डिआईजि आएकोले नेपालमा प्रबेश गर्न नदिएको तर बिहान जाने बेलामा सोधेर जाँदा हुन्छ जानु भनेको सशस्त्र प्रहरी हामिलाई अल्पत्र पारेको गुनासो आलु ब्यापारी बच्चा लाल पटेल पोखेकाछन्।
साना ब्यापरी हामि भएकाले सिमामा दुःख नेपाल प्रहरी सशस्त्र प्रहरीले दिने गरेको जबकि हामि समान ल्याउँदा पैसा दिने गरेकै छौ तर त्यहि ठुलो ब्यापारी तस्करी नै गर्दा महिनाबारी दिने गरेकोले केहि कसैलाई जानकारी नै हुदैन। हामि लोकल बजारमा बिक्रि गर्न ल्याउँदा समान प्रकाउ गरी ठुलो कडाई गरेको देखाउने गरेको आरोप प्रहरी माथि अर्का धिरेन्द्र मुखिा बोध आलु ब्यापारी  लगाएकाछन्।
 ईप्रका प्रहरी कार्यालय प्रमुख ईन्सपेक्टर दिपक सुबेदिसँग कुरा गर्दा सिमानाकामा मेरो केटाहरु बसेको हो। तस्करीको लागि लाईन नदिएको र कसैले पनि प्रहरीलाई पैसा नदिन र नमाँग्न निर्देशन दिईएको हो। यदि कसैले पैसा माँगेको छ। कम्पलेन गरेमा कार्वाहि गर्ने बताएकाछन। सिमामा सशस्त्र प्रहरी पनि बसेको हो तस्करी भएको छैन। मेरो स्टाप सिमामा बसेकोले तस्करहरुको लर्को नभएको पनि बताएका छन्।
बिओपि गोलागँजको सशस्त्र प्रहरी ईन्सपेक्टर बिष्णु श्रेष्टसँग कुरा गर्दा हिजै बिदा सकेर आएको हो। केहि दिन अघि मात्र यहाँको असई कार्वाहिमा तानिएको छ। आज नै गणबाट चेकिङ्ग आएकोले सबैलाई रोकिएको हो। माथिबाट जे आदेश आउँछ त्यहि नै हामि फ्लोअप गर्ने गरेको हो। समानहरु पनि पक्राउ गरिएकै पनि हो।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश