CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बाराको श्री राम चरित्र मा. बि. मा पटक पटक हुँदै चोरी प्रशासन मौन

फेटा GP PSA
577
सिम्रौन्गढ़ नपा psa

बाराको श्री राम चरित्र मा. बि. मा पटक पटक हुँदै चोरी प्रशासन मौन

अभय दुबे ।।बारा।।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

बाराको आदर्श कोतवाल गाउँपालिका–१ महेन्द्र आदर्श जयनगर चिउटाहा स्थित श्री राम चरित्र माध्यमिक बिद्यालयको तिन ओटा कम्प्युटर सेट आइतबार राति चोरी भएको छ । विद्यालयको झ्यालको रड भाचेर ३ ओटा मोनिटर ३ ओटा सिपियु चोरी भएको विद्यालयका प्राचार्य दिनेश प्रसाद साहले बताउनुभयो । विद्यालयमा जडान भएका दुई ओटा सिसि टिभि क्यामरा तोडफोर भएको र एक ओटा चोरी भएको छ । ल्याव र वाईफाइको तार चुडालेर लगेकाले कम्युटर शिक्षा संचालन भएको ल्याव र वाईफाइ सेवा बन्द भएको छ । विद्यार्थीको रिजल्ट सिट लगायतका महत्वपूण डाटा कम्प्युटर सगै चोरी भएकाले विद्यालय समस्यामा परेको प्रचार्य साहले बताउनुभयो । विद्यालयमा कोरोना भाइरस नियन्त्रण गर्न क्यारेन्टाइन संचालन भएको अवस्थामा २०७७ वैशाखमा सिसिटिभि क्यामराको रिसिभर, इन्भटरका व्याट्रि र कम्युटर चोरीको थियो ।

इलाका प्रहरी कार्यालय चिउटाहा विद्यालयसँग जोडिएर रहे पनि विद्यालयमा निरन्तर चोरी हुने गरेकाले चिन्ताको विषय भएको प्राचार्य साहले बताउनुभयो । इलाका प्रहरी कार्यालयले घटनाका विषयमा अनुसन्धान भइरहेको बताउनुभयो । चोरीको घटना रहस्यमय भएको स्थानीय अभिभावकले बताउनु भएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश