विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

हिन्दु परिषद नेपाल द्वारा कलैयामा जनजागरण अभियान : चैत्र मसान्त भित्र हिन्दु राष्ट्र हुने ठोकुवा

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।   

आज बारा जिल्लाको भरत चौकमा हिन्दु परिषद नेपालको आयोजनामा जनजागरण गरिएको छ। हिन्दु परिषद नेपालका जिल्ला अध्यक्ष गोपाल दासको अध्यक्षता तथा केंद्रिये अध्यक्ष सन्तोष पटेलको प्रमुख आतिथ्यतामा जागरण सभा गरिएएको थियो। हिन्दु परिषद नेपाल द्वारा जनजागरण अभियान अन्तरगत कलैयाको भरत चौकमा सभा गरि हिन्दु सनात्नीहरुको समस्या बारेमा चिरफार गर्दै भण्डाफोर गरिएको थियो। जागरण अभियानमा चैत्र मसान्त भित्र हिन्दु राष्ट्र हुने अध्यक्ष पटेलले ठोकुवा गरेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

नेपालमा ९४ प्रतिसत हिन्दु भए ता पनि हिन्दु राष्ट्र लाइ बिना कुनै कारण रातारात बिदेशीको पैसा खाएर उनीहरुको इशारामा नै धर्म निरपेक्ष राष्ट्र घोषणा गरेको अध्यक्ष पटेलले आरोप लगाएका छन्। पटेलले राजनीतिक गर्ने केहि पार्टीका केहि दलाल बहुरुपियाहरुले नै आफ्नो धर्म बेचेर अरुको चाकरी गरिरहेको समेत आरोप लगाएका थिए।

Karaiya Mai Notice Winter

नेपालामा  हिन्दु सनातन धर्म प्रति आस्था राख्ने अरु धर्म भन्दा बढी भए ता पनि हिन्दु धर्म प्रति बिभिन्न प्रकारका राजनीतिक तथा अन्य धार्मिक आक्रमण भएको नेपालि समाजसेवी तथा बुद्धिजीवीहरुको ठम्याई रहेकोले अब त्यस्ता गतिबिधि प्रति सजग हुदै सर्वसाधारणहरु लाइ जागरण सभा सम्मेलन तथा बिभिन्न माध्यम बाट जनचेतना फैलाउने कार्य भईरहेको अध्यक्ष पटेलले बताए।

कार्यक्रमा केंद्रिये कोषाध्यक्ष संजय सरार्फ, केंद्रिये सदस्य पण्डित सचितानन्द दुवे, सुरेश साह कानू, लगायत सयकडौ भक्त जनहरुको उपस्थिति रहेको थोयो भने परिषदका अरुण कुमार चौधरीले सहजिकरण गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed