विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

फेटालाई राजपुरको राहत

सिम्रौन्गढ़ नपा psa

हरेन्द्र साह, रौतहट ।।  बारामा आएको विनाशकारि हावाहुरीका कारण घरबार गुमाएका फेटा गाउँपालिकामा रौतहटको राजपुर नगरपालिकाले राहत सहयोग गरेको छ ।
राजपुर नगरापालिकाका मेयर शकिल अख्तरको निर्देशनमा मंगलवार राहत सहयोग भएको हो । नगरपालिकाले हावाहुरिबाट बढी जनधनको क्षति भएको फेटा गाउँपालिकामा राहत सहयोग गरेको छ । राजपुर नगरपालिकाका मेयर शकिल अख्तरले प्रभावित क्षेत्रको निरिक्षण गरि गाउँपालिकाको वडा नम्बर ६ का वडा अध्यक्षलाई राहत सामाग्री हस्तान्तरण गरेका हुन् ।

Karaiya Mai Notice Winter

नगर प्रमुख लगायत निमित्त प्रमुख प्रशासकिय जगत प्रसाद साह, जिन्सी स्टोरका कर्मचारी कौशर आलम र वडा अध्यक्ष सहितको टोलिले प्रभावित क्षेत्रका पिडितहरुका लागि चामल १५ क्विन्टल, दाल ३ सय ७५ के.जि., नुन २ सय ५० के.जि., प्याज १ सय ९५ के.जि., खाने तेल १ सय २० लि., कम्बल ४८ पिस र पातलो ज्याकेट ३८ पिस राहत सामग्री वडा कार्यालयलाई हस्तान्तरण गरेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed