विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाल ईन्डो नक आउट टि-20 क्रिकेट टुर्नामेन्ट खेलको सेमिफाईनलमा पटना ८४ रनले बिजयी

सिम्रौन्गढ़ नपा psa

नेपाल ईन्डो नक आउट टि-20 क्रिकेट टुर्नामेन्ट खेलको सेमिफाईनलमा पटना ८४ रनले बिजयी

Karaiya Mai Notice Winter
अनिल पाण्डेय
क‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌लैया बारा
बाराको प्रसौनि गाँउपालिका वडा नम्बर दुईमा सँचालन भएको टि-20 क्रिकेट टुर्नामेन्ट को आयोजना 11 स्टार क्रिकेट क्लब प्रसौनि बाराले गरेको छ भने स्पोन्सर राष्ट्रिय बाणिज्य बैंक प्रादेशिक कार्यालय र नेपाल ईन्डो होस्पिटलले गरेको नेपाल ईन्डो होस्पिटल टि-20 खेलको सेमिफाईनल आज बुधबार पटना क्रिकेट कल्ब र सर्लाहि क्रिकेट क्लब बिच भएको थियो। पटना क्रिकेट कल्बले टस जिति बयाटिङ्ग गरेका थिए।
२० ओभरको खेलमा पटना क्रिकेट क्लब पटना बिहारले सम्पुर्ण ओभर खेल्दै  २०२ रन बनाएको थियो। जस्मा सुर्दशन साहले ५१ रन बनाउन सफल भएका थिए। २०३ रनको लक्ष्य लिई फिल्डमा उर्त्रका सर्लाहि क्रिकेट क्लबले १९ ओभर २ बलमा आफ्नो सम्पुर्ण बिकेट गुमाई ११८ रन मात्र  बनाउन सफल भएका थिए। भने पटना क्रिकेट क्लब बिहारले ८४ रनले बिजयी भएको थियो।
म्यान अफ दि म्याज पटना क्रिकेट क्लब बिहारका देवा कुमारलाई प्रदान गरीएको थियो। कुमारले ३० रन ३ बिकेट लिन सफल भएका थिए।
नेपाल ईन्डो नकआउट टि -20 क्रिकेट टुर्नामेन्ट  खेलको आजको प्रमुख अतिथि राष्ट्रिय बाणिज्य बैंक प्रादेशिक कार्यालय बिरगँजका निमित प्रमुख नर्सिङ्ग नरायण यादब र बिशिष्ट अतिथि पुर्ब साँसद लालबाबु सिंहको अथित्वमा सेमिफाईनल सम्पन्न भएको थियो। 11 स्टार क्रिकेट क्लब प्रसौनि बाराको अध्यक्ष अतिन्द्र राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रम सँचालन त्रिपुरारी राउतले गरेका थिए।
नेपाल ईन्डो होस्पिटल टि -20 क्रिकेट टुर्नामेन्ट खेलको सेमिफाईनल मकवानपुर क्रिकेट कल्ब र बिरगँज क्रिकेट कल्ब बिच भोलि बिहिबार ११ः०० बजे देखि हुने तथा फाल्गुन एक गते शनिबार फाईनल खेल हुने जानकारी आयोजक 11 स्टार क्रिकेट क्लब प्रसौनि बाराको अध्यक्ष अतिन्द्र राउतले दिनु भएको छ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed