विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

खेल युवा पिढीको गहना हो : नेता पटेल

सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज, पर्सा।

जनता समाजबादी पार्टी का केन्द्रिय सदस्य शिव पटेलले खेल युवा पिढिको गहना भएको बताउनु भएको। समग्र नेपाल नामक संस्था द्वारा बहुदर माइ नगरपालिका-२ पिपराको बहुदर माइ मन्दिर नजिक तिलावे नदिको किनारमा अवस्थित मैदानमा आयोजित नगर स्तरिय क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै नेता पटेल भने खेल ले युवाहरू लाई शारीरिक तथा बौद्धिक रूपमा स्वस्थ्य मात्र नबनाइ यसले अनुशासन, लगनशीलता र युवाहरूको भबिस्य निर्माणमा अहम भुमिका निर्वाह गर्ने बताउदै आजको युगमा खेलमा राम्रो गर्ने लाई सरकारले सम्मानका साथ मनग्य अर्थ प्रदान गरिरहेकोले यस क्षेत्रमा अगाडि बढन युवाहरू लाई आग्रह गर्नु भयो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

स्थानिय सरकार गठन भए देखी विभिन्न नगरपालिकाले मेयर कप गरि युवाहरूलाई प्रोत्साहन गरिरहेको चर्चा गर्दै नेता पटेलले बहुदर माइ नगरपालिका को खेल प्रती कुनै चासो नभएको र यहाका नगर प्रमुख कमिसनमा मात्र रुमलिएको बताउनु भयो। समग्र नेपाल नामक संस्थाका अध्यक्ष शुभराती अन्सारीको अध्यक्षतामा आयोजितसो उद्घाटन कार्यक्रममा जसपा पर्साका सचीव श्रीरामजी गिरि, जिल्ला सदस्य निशेश यादव, नगर अध्यक्ष कृष्ण यादव, बहुदर माइ नपा-२ का वडा अध्यक्ष जितेन्द्र पटेल, समाजसेवि एवम शिक्षाबिद प्रोफेसर लक्ष्मी साह लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।

प्रतियोगितामा नगरपालिकाका ८ वटा वडा बाट क्रिकेट टिम सहभागी भएका छन। फाइनल खेल पस्चात राम्रो प्रदर्सन गर्ने खेलाडी चयन गरि नगर स्तरिय टिम बनाउने सोच रहेको आयोजकले बताएका छ्न। आजको खेल भौराटार गम्हारिय बिच शुरु भएको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed