CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सिम्रौनगढ नपा का कार्यकारी अधिकृत सहित तिन जना किर्ते मुदामा हिरासतबाट रिहा

फेटा GP PSA
501
सिम्रौन्गढ़ नपा psa
सिम्रौनगढ नपा का कार्यकारी अधिकृत सहित तिन जना किर्ते मुदामा हिरासतबाट रिहा
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
कलैया बारा

बाराको सिम्रौनगढ नगरपालिकाका मेयर बिजय शंकर यादव सहिता ४ जनामाथि किर्ते मुदाको अनुसन्धानको अवस्थामा प्रहरी हिरासतमा रहेका प्रशासकिय अधिकृत सहित तीन जना क्रमचारी लाई लाई जिल्ला सरकारी वकिलको कार्यलयबाट सोमवार रिहाई गरिएको छ ।

Karaiya Mai Notice Winter

प्रहरी हिरासतमा रहेका सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिओम जयसवाल , लेखा अधिकृत सर्वेन्द्र चौधरी, र योजना अधिकृत जितेन्द्र यादव रिहाई गरिएको सरकारी वकिलको कार्यालय बाराका प्रमुख महेन्द्र बहादुर थापाले जनकारी दिएका छन।  ।
 बारा प्रहरीका प्रवक्ता गौतम मिश्रका अनुसार लेखा अधिकृत चौधरी र याजना अधिकृत यादवलाई शुक्रवार र प्रकशासकिय अधिकृतलाई आईतवार  आफै हाजिर हुन आउदा नियन्त्रनमा लिएको थियो । प्रहरी हिरासतमा रहेका तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला अदालत बारा बाट आईतवार सात दिनको थप म्याद लिई थप अनुसन्धानको लागि राखिएको थियो ।
 

अषाढ ८ गते सम्पन्न गरिएको आर्थिक वर्ष २०७७/०७८ को नगर परिषदमा उपमेयर रिमा देबी कुशवाहा लगायत अधिकाशं वाडा अध्यक्ष अनुपस्थित रहेको थियो।  परिषदको उपस्थिती रजिष्टरमा ३१ जना नगर सभा सदस्यहरुको हस्ताक्षर रहेको थियो । ३१ जनाको हस्ताक्षर रहेको मध्ये पाँच जनाको हस्ताक्षर किर्ते रहेको दाबी गर्दै कपिलदेव साह सहित नगर सभा सदस्यहरुले मुद्धा दायर गरेका थिए । ६० जना नगर सभा सदस्य रहेकोमा ३१ जनाले हस्ताक्षर भएकोमा उच्च अदालत जनकपुरको अस्थायि ईजलास बिरगंजले सो मुद्धा खारेज गरेको थियो ।

नगर सभा सदस्य कपिलदेव साह लगायत ५ जनाले आफुहरुले उपस्थिती रजिष्टरमा हस्ताक्षर नगरेको दाबी गर्दै पुष १९ गते जिल्ला प्रहरी कार्यालय बारामा मेयर यादव सहित चार जनालाई बिपक्षी बनाई मुद्धा दार्ता गराएको थियो । उक्त मुद्धाको बारे प्रहरीले  हस्ताक्षर जाँचका लागि बिधि बिज्ञान केन्द्र काठमाडौं पठाएकोमा नगर सभा सदस्य कपिलदेव साहको हस्ताक्षर किर्ते रहेको प्रमाणित भएको छ भने अर्का चार जना सदस्य रम्भा देवी, रमावती कुशवाहा, पना देबी चमईन र श्रीपती दुसाधिनको हस्ताक्षर शंकास्पद रहेको जानकारी सरकारी वकिल कार्यालयका प्रमुख थापाले दिएका छन।
 प्रहरी हिरासतमा रहेका तिनै जनालाई आवश्यक परेको जुन सुकै बेला हाजिर हुने सर्तमा साधारण तारिखमा रिहा गरीएको जानकारी जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रबक्ता गौतम मिश्रले  दिनु भएको छ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश