CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सरवस्वती पुजाको समाग्री सँगै शिक्षकले ल्याए भारतबाट प्रतिबन्धित औषधी

फेटा GP PSA
629
सिम्रौन्गढ़ नपा psa

पर्सा,६ फागुन -पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ४ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत बिद्यालय कट्टी बलुवाका शिक्षकले बिद्यार्थीहरुलाई प्रयोग गरी सरवस्ती पुजाको समाग्रीसँगै भारतबाट प्रतिबन्धित औषधी खरिद गरी नेपाल भित्रयाएको रहस्य खुलेको छ । स्कुलमा आयोजना गरिएको सरवस्ती पुजा कार्यक्रमका लागि भारतको सिकटा बजारबाट साना सना बिद्यार्थीहरु प्रयोग गरी स्कुलका शिक्षकले नै प्रतिबन्धित औषधी पुजाको समाग्रीमा राखेर नेपाल ल्याएको रह्स्य उद्घाटन भएको छ ।

फागुन ३ गते सरस्वती पुजाको लागी बिद्यालयका छात्रहरुलाई बिद्यालयका केहि शिक्षकहरुले पुजा समाग्री किनमेल गर्नका लागी े छिपहरमाई गाउपाँलिका वडा नम्बर ५ भिस्वासँग सिमा जोडिएको भारत को सिकटा बाजारमा लगेका थिए । सबै बिद्यार्थी र शिक्षकहरु पुजा को समाग्री किन मेल गर्न तर्फ लागे पनि त्यस मध्येका एक जना शिक्षक मँकेशवर चौरिसयाले नेपालमा प्रतिबन्ध रहेको औषधी किनेर दालको बोरा भित्र र अन्य समाग्री भित्र औषधी खरिद गरी लुकाएका थिए । औषधी सहितका बोराहरु बिद्यार्थीहरुले नै साईकलमा राखेर सिमा कटाएका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

Karaiya Mai Notice Winter

बिद्यालयमा पुगे पछि पुजाको समाग्री रहेको बोराहरु मध्ये केहि बेरा शिक्षकले आफ्नो घरमा लान खोजेका थिए । तर बिद्यार्थी तथा अन्य शिक्षकहरुको बिरोध पछि उनले सो बोरा स्कुलमै छोडेका थिए । स्कुलमा पछि बोरा खोलेर हेर्दा बोरा भित्र नेपालमा प्रतिबन्धित रहेको औषधी  भेटिएको स्थानियहरुले बताए ।

शिक्षकको त्यो चर्तिकला देखे पछि स्कुलमा खेलावेला मचेको थियो । स्थानिय अभिभावकहरुले औषधी खरिद प्रक्ररणमा दोषी देखिएका शिक्षकलाई कारवाहीको माग गरेको भए पछि सरवस्तीका पुजाका भालेन्टियर्स र स्थानियहरुले गाउँमै बसेर यो समस्या समाधान टुङ्गएका छन् । स्थानिय अगुवाहरुको रोहवरोहमा सम्पन्न भएको पञ्चायतीमा स्थानिय ईलाका प्रहरी कार्यलय बिरन्ची बार्वाका प्रतिनिधी र सस्त्र प्रहरी बेस कैम्प कटिबलुवाको प्रतिनिधि समेत रहेको स्थानिय अभिभावकहरुको भनाई छ ।

स्थानिय र बिद्यार्थीहरुका अनुसार अपराधीक गतिबिधिमा समलग्न रहेको शिक्षकलाई प्रहरी प्रशासनकै रोहवरोहमा कुनै कारवाहि नभएको हो । उनीहरुका अनुसार घटना दवाउन आर्थिक चलखेल समेत भएको छ ।

यसरी बिद्यालयका बिधार्थीहरुलाई अपराधिक गतिविधिमा प्रयोग गरेका शिक्षक चौरसियालाई बचाउँन स्थानिय नेता प्रहरी प्रशासन तथा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष वकिल मियाँ समेतको मिलोमतो रहेको देखिएको छ । घटनाको बिषयमा स्कुल व्यवस्थापन समितिका अध्यक्ष मियासँग बुझदा शिक्षकले आफ्नो घरको लागि समान्य औषधी खरिद गरी ल्याएको प्रतिक्रिया दिएका छन् । शिक्षक दोषी देखिएको प्रमाणहरु स्पष्ट हुदाँ हुदै पनि स्थानिय कट्टी बलुवा प्रहरी चौकीका प्रहरीहरुकै रोहबरोहमा घटना मिलाएको स्थानिय अभिभावकहरुको भनाई छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश