विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बिना उपलब्धि मुलक जिल्ला समन्वय समिति बाराको बैठक

सिम्रौन्गढ़ नपा psa
बिना उपलब्धि मुलक जिल्ला समन्वय समिति बाराको बैठक
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
कलैया बारा

जिल्ला  समन्वय  समिती बाराको ११ औ बैठक कलैया  उपमहानगरपालिकाको आयोजनामा  दरबार होटलमा हिजो सम्पन्न भएको छ।  स्थानीय  तहको विभिन्न समस्या ,बिकास निर्माणका कार्य अवरुद्ध लगायतको छलफल हरेक  महिना बाराको हरेक पालिकाले पालैपालो  गर्दै आएको भएपनी उपलब्धि   समान्य रहेको छ।

Karaiya Mai Notice Winter
 हिजो बाराको सम्पुर्ण पालिकाहरु मध्ये कलैया उपमहानगर नगरपालिकाको आयोजनामा जिल्ला समन्वय समितिको बैठक बसेको थियो।  बैठकमा सम्पूर्ण पालिकाको नगरप्रमुख, उप प्रमुख र कार्यालय प्रमुख उपस्थित भई आफ्नो पालिकाको प्रगति तथा समस्याको बिषयमा छलफल गरी अगाडि वढ्ने रणनिति बनाउनु पर्ने उद्देश्य रहेको हुन्छ। तर हिजो सम्पन्न बैठकको आयोजक पालिकाको  उप प्रमुख र कार्यलय प्रमुख अनुपस्थित रहेका थिए।
 त्यस्तै बाराको धेरै जसो स्थानीय तहको नगर प्रमुख ,कार्यलय प्रमुख  नै  अनुउपस्थित रहेको पाईएको छ । यसरी जिम्मेवार व्यक्तिहरु नै बैठकमा अनुपस्थित भएपछि बैठकमा भएको निर्णयहरु कार्यन्वयन कसरी गर्न सक्ने शँका उत्पन्न भएको छ।
 सम्बन्धित स्थानीय तहको समस्या भए मात्र  बैठकमा आउने गरेको जिल्ला  समन्वय समिती बाराको संयोजक नवलकिशोर सिहको बताएका छन । पालिकाहरु आफैमा सरकार भएको पनि सिंहले जानकारी दिनुभएको थियो।
 बाराको १६ वटै स्थानीय तहमा जनता संग प्रत्यक्ष सरोकारको  बिषयबस्तु , बिकास निर्माणको  अवरुद्ध कार्य  ,  कार्यलय प्रमुख जिल्ला  केन्द्रित  हुने ,कर्मचारी  समयमा कार्यलयमा नपुग्ने यथार्थ समस्या रहेको भएपनी जिल्ला  समन्वय समिती बाराको बैठकले त्यो समस्याहरुलाई  कार्यन्वयन गर्न सकेको छैन । अनावश्यक निर्णयहरु गरी मात्र जिल्ला समन्वय समिति भएको जानकारी गराउन खर्च बढाउने गरेको समाजका अगुवाहरु आरोप लगाएका छन।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed