विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रौतहटमा थप एक बालिका सहित २ जना कोरोना संक्रमितको मृत्यु,मृत्युु हुनेको संख्या १७ पुग्यो।

रौतहटमा थप एक बालिका सहित २ जना कोरोना संक्रमितको मृत्यु,मृत्युु हुनेको संख्या १७ पुग्यो।

सिम्रौन्गढ़ नपा psa

रौतहटमा थप एक बालिका सहित २ जना कोरोना संक्रमितको मृत्यु,मृत्युु हुनेको संख्या १७ पुग्यो।

Karaiya Mai Notice Winter

अमित ठाकुर।रौतहट।बैशाख २६ । जिल्ला अस्पताल गौरमा रहेको अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको हो। अस्थायी कोभिड अस्पताल गौरमा उपचारत गौर ५ कि एक बालिका र गौर ३ का एक पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो। भने रौतहटका अन्य जिल्लामा उपचारत १ जना संक्रमितको मृत्यु भएको हो। रौतहटमा दिनानुदिन संक्रमित थपिदै र मृत्यु हुनेको संख्या बढ्दै जाँदा पनि प्रदेश सरकारले कुनै बास्ता नगरेको देखिएको हो। गत बर्ष कोभिड संक्रमितको नाउँमा लाखौं लाख भुगतानी गर्ने स्थानीय तहले पनि अहिले कोरोनाको दोस्रो लहरमा कुनै किसिमको त्यारी नगरेको स्थानीयबासिन्दाले जनाएको हो। संक्रमितलाई बचाउने तर्फ नलागि रौतहटमा निषेधाज्ञा लगाई झन दिनप्रतिदिन कमाई खाने लाई समस्या उत्पन्न हुन थालेका छन्। गत बर्षको बन्दाबन्दीको पीडा अहिले नसेलाई पुण्ह निषेधाज्ञा जारी भएसंगै दैनिक ज्यालादारी गरि खाने गरिबहरुलाई झण पिडाले सताउने सुरु गरेका छन्। गत बर्ष स्थानीय सरकारले राहत स्वरुप खाने कुरा दिएता पनि यस बर्ष चर्को मुल्यमा आफैले खरिद गरि खान बाध्य भएको स्थानीयले बताएका छन्। भने आज जिल्ला अस्पताल गौरमा ११३ जनाको पिसिआर र एन्टिगेनबाट परिक्षण गर्दा ५९ जनाको पोजेटिभ निस्केको जिल्ला अस्पताल गौरले जनाएको हो। यसै संगै रौतहटमा सक्रिय संक्रमितको संख्या ३७२ पुगेको हो। भने निको हुनेको संख्या ४१ पुगेको जिल्ला अस्पताल गौरले जनाएको हो। भने मृतक दुवै जनालाई नेपाली सेनाको टोलीले लालबकैया नदीमा बेलुकी दाहसंस्कार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धी बिक्रम साहले जनाएको हो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed