CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

भारतबाट औषधी ल्याएर सेवा दिँदै ग्रिनसिटी

फेटा GP PSA
636
सिम्रौन्गढ़ नपा psa

सुनिल श्रेष्ठ, वीरगञ्ज, १ जेठ ।

ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरले नेपालमा नपाईने आवश्यक औषधीको जोहो गर्ने अभियान थालेको छ । नेपालमा नपाईने औषधीको सेवन गरीरहेका तर निषेधाज्ञाका कारण औषधी ल्याउन समस्या भएकाहरु लाई केन्द्रले ल्याईदिने अभियान थालेको हो। यस अघि गत वर्षको लकडाउनमा पनि ६ हजार भन्दा धेरै नागरिक उक्त सेवाबाट लाभान्वीत भएका थिए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

यसवर्ष पनि नयाँ भेरियन्टसहितको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सीमानाकामा कडाई तथा जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा जारी गरेपछि औषधी ल्याउनमा कठिनाई भइरहेको थियो । सोही अवस्थालाई मध्यनजर गर्दै केन्द्रले भारतीय महावाणिज्य दुतावासको अनुमतिमा प्रहरी प्रशासनको सहयोगमा भारतबाट औषधी मगाएर उपलब्ध गराइदिने गरेको छ । सेवा शुरु गरेको ९ दिनमा १५ सय भन्दा धेरैजनालाई औषधी ल्याएर उपलब्ध गराइएको केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।

मधुमेह, क्यान्सर लगायत सबै किसिमका औषधीहरु ल्याइदिन हेटौडा, चितवन, नारायणघाट लगायतका ठाउँबाट पनि आग्रह गर्ने गरेको खेतानले बताए । खेतानका अनुसार हाल दैनिक दैनिक ३० हजार भारतीय रुपैयाँ बराबरको औषधी ल्याउने काम भइरहेको छ । उक्त कार्यमा केन्द्रका अध्यक्ष खेतानसँगै प्रहरी हवल्दार रामबाबु सुवेदी, लालुमाया महतो, केन्द्रका सदस्यहरु बब्लु अग्रवाल, राकेश अग्रवाल, सुशिल कादमिया, सर्फुदिन मियाँ, रतन टेमानी, मुर्ली जलान लगायतको सक्रियता रहेको छ । यदि कसैलाई औषधी आवश्यक परेमा ९८५५०३६६१० मा सम्पर्क गर्न तथा सोही नम्बरको ह्वाट्सएपमा चिकित्सकको प्रिस्क्रिप्शन पठाउन पनि केन्द्रका अध्यक्ष खेतानले आग्रह गरेका छन्

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश