विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगर लाई ज्योति रुंगटाले दिए ८० थान अक्सिमिटर

सिम्रौन्गढ़ नपा psa

सुनिल श्रेष्ठ, वीरगञ्ज।

स्थानीय समाजसेवी ज्योति रुंगटाले ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगर लाई ८० पिस अक्सिमिटर उपलब्ध गराएका छन् । दोस्रो लहरको कोरोना भाइरस संक्रमणमा स्वास्थ्य परीक्षणका लागि महत्वपूण मानिएको अक्सिमिटर रुंगटाले सहयोग गरेका हुन् । शरिरमा अक्सिजनको मात्रा मापन गर्न अक्सिमिटर उपयोगी यन्त्र हो । जसको सहायताले घरमै चिकित्सक तथा स्वास्थ्यकर्मीको सहयोगबिना आफै अक्सिज मापन गर्न सकिन्छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

ग्रिनसिटि सेवा केन्द्र आदर्शनगरका कोषाध्यक्ष ज्योति रुंगटाले आफ्नै व्यक्तिगत खर्चबाट महामारीको समयमा सामाजिक उत्तरदायित्व बहन गर्दै ८० पिस अक्सिमिटर सहयोग गरेका हुन् । वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरिक्षक राजेशराज पुरी, बरिष्ठ पत्रकार रामकुमार सर्राफ, कन्हैयालाल केशरी, केन्द्रका सदस्यहरु सर्फुदिन मियाँ, बब्लु अग्रवाल, मुकेश खेतान, तिल्लु दारुका लगायतको उपस्थितीमा सहयोग उपलब्ध गराएका हुन् । सहयोगस्वरुप प्राप्त अक्सिमिटर होम आइसोलेसनमा रहेका र अक्सिजनको मापन गर्नुपर्ने अवस्थामा निःशूल्क रुपमा वितरण गरिने केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed