विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कलैयामा आज पदमोदय राष्ट्रिय दैनिकको विमोचन

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बाराको कलैयामा आज पदमोदय राष्ट्रिय दैनिकको विमोचन न्यायधिस द्धारा गरिएको छ। करण राज होटेलमा बुधवार एक कार्यक्रमको आयोजना गरि जिल्ला अदालत एक नम्वर ईजलासका न्याधिस खिलानाथ रेग्मीले विमोचन गरेका हुन। पत्रिकाको विमोचन गर्दै रेग्मीले अवाज विहिनको अवाज बन्नुपर्ने सुझाएका थिए। पत्रकारिताको मर्यादा राख्न सत्यतथ्य छानविन गरि समाचार सम्पेशन गर्नुपर्ने बताए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

Karaiya Mai Notice Winter

समाजमा बढिरहेको बिभिन्न अनैतिक गतिबिधि बारेमा नेपाल पत्रकार महासँघका केन्द्रिय सदस्य सुभाष साहले खोजमुलक पत्रकारीता आजको आवश्यकता भएको बताए । प्रविधिको विकास भए सँगै सुचनाको सम्प्रेशन गर्नु अघि समाचार लेख्ने नियमको पालना गरि आफ्नो समाजको सहि र सफल संचार ग्रिह बन्छ भने आशा तथा विश्वासका साथ् मंगलमय शुभकामना दिएका थिए।

विमोचन कार्यक्रममा नेपाल पत्रकार महासँघमा निर्वाचित केन्द्रिय सदस्य साहलाई न्याधिस रेग्मीले दोसल्ला ओढाएर सम्मान गरेका थिए । नागरिक समाजका अध्यक्ष उमेश लाल दासले सञ्चारगृह सञ्चालन गर्नु ठुलो कुरो होईन कि यसलाई सत्यतथ्यको साथ निरन्तरता दिनुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा पत्रिकाको प्रकाशक अजय कुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि न्यायधिस खिलराज रेग्मी, विशिष्ट अतिथि नेपाल पत्रकार महासँघ बारा शाखाका अध्यक्ष रेशम तिवारी, नागरिक समाजका अध्यक्ष उमेशलाल दास, ईजलास अधिकृत रमेश यादव, वरिष्ठ पत्रकार सत्यपक्राश श्रेष्ठ, रमेश सुवेदी लगायत सञ्चारकर्मी संजिव मिश्र, रमेश साह, राजेश कुशवाहा, कृष्ण सिग्देल, श्रवन साह,सागर विश्वकर्मा, प्रभु यादव, सतोष यादव रमानन्द यादप लगायतको सहभागिता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed