विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पर्सामा वनको ३८२ हेक्टर अतिक्रमण जग्गा खाली गराउन समस्या

सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा ।

वीरगञ्ज २ साउन पर्सा जिल्ला डिभिजन वन कार्यालय मातहत ११ हजार ६० हेक्टर क्षेत्रफलमा रहेको वनजंगलको जग्गा मध्ये ३ सय ८२ हेक्टर जग्गा अतिक्रमणको शिकार बनेको छ। पर्साको सखुवाप्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका, पटेर्वासुगौली गाउँपालिका तथा जिराभवानी गाउँपालिका लगायतका स्थानीय तहको मातहतमा रहेको जंगली क्षेत्रमा पर्सा लगायत विभिन्न पहाडी जिल्ला बाट आएका सर्वसाधारणहरु वस्ती बनाई करिब पौने ४ सय हेक्टर वन जंगलको जग्गा अतिक्रमण गरेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पर्साको सुखवाप्रसौनी गाउँपालिका वडा नं. १ मा पर्ने सखुवनिया गाउँ नजिकैको वनजंगलमा मकवानपुर बाट आएका १६ घर परिवार वनको जग्गा अतिक्रमण गरि बस्ती नै बनाएका छन्। मकवानपुरका विभिन्न ठाउँबाट तराई झरेका चेपाङ्ग एवं तामाङ्ग समुदायका १६ परिवार अहिले जंगलको बीचमा नै बस्ती निर्माण गरि बसोबास गर्दै आएका छन्। बस्तीको साथसाथै छेउछाउमा रहेका जंगलको जग्गा अतिक्रमण गरि धान, मकैं, तिल एवं झाडीको बीचमा लागु औषध गाँजाको समेत खेती गर्दै आएका छन्। सखुवाप्रसौनी गाउँपालिकाको सखुवनिया एवं नयाँ बस्तीका सर्वसाधारणहरुले मात्रै ६० हेक्टरको हाराहारीमा वनको जग्गा अतिक्रमण गरेको जिल्ला डिभिजन वन कार्यालय पर्साका अधिकृत रेयाज अन्सारीले जानकारी दिए।

Karaiya Mai Notice Winter

उनका अनुसार पर्सा जिल्लाभरि वनजंगलको अतिक्रमित जग्गा खाली गराउने अभियानको क्रममा विभिन्न ठाउँमा विवाद समेत उत्पन्न हुने गरेको बताए। सखुवाप्रसौनी गाउँपालिका अन्तर्गत अतिक्रमित जग्गा खाली गराउन खोज्दा स्थानीयले विरोध गर्ने गरेको कारण तारबार लगाउन समस्या परेको छ। विगत ३०औं वर्षदेखि अतिक्रमित जग्गा खाली गराउन अहिले समस्या परेको छ। वनको जग्गा खाली गराउने क्रममा सखुवनियामा २८ गते सोमबार वनको कर्मचारी एवं स्थानीयबीच चर्को विवाद समेत भएको थियो। वनका कर्मचारीहरुले पिलर गाडेर तारवार लगाउँदै गरेको अवस्थामा दिउँसो एक्कासी आएको गाउँलेहरुको भीडले विवाद उत्पन्न गर्दै पिलर ढालेका थिए।

आफूले विगत लामो समयदेखि हकभोग गर्दै आएको र गरिब, विपन्न परिवारको यही जग्गा साहारा रहेको भन्दै यसको विकल्पमा सरकारले केही जग्गा उपलब्ध गराएर मात्रै हकभोग गर्दै आएको जग्गामा तारबार लगाउनुपर्ने स्थानीयको भनाई छ। वनको जग्गा अतिक्रमण गरेर मानव बस्ती बढ्दै गएको अवस्थामा जंगली जनावरहरु मानव वस्तीमा प्रवेश गरि जनधनको क्षति गर्नुका साथै वन जंगल पनि साँघुरिदै गएको अवस्थामा नेपाल सरकारको निर्देशन अनुसार डिभिजन वन कार्यालयले अतिक्रमित जग्गा खाली गराई वृक्षारोपण अभियान संचालन गरेको अधिकृत अन्सारीको भनाई छ।

वन अतिक्रमण जग्गा खाली गराउने अभियानको क्रममा पर्साको विभिन्न स्थानीय तहहरुमा १ सय ३६ हेक्टर अतिक्रमित वनको जग्गा खाली गराई वृक्षारोपण समेत गरिएको अन्सारीको भनाई छ। पर्सागढी नगरपालिका अन्तर्गत पर्ने सवैवा साझेदारी वनको अतिक्रमित जग्गा २७ हेक्टर, पटेर्वासुगौली गाउँपालिका अन्तर्गत भतौडामा अतिक्रमित ६० हेक्टर, जिराभवानी गाउँपालिका अन्तर्गत सुगीभारमा अतिक्रमित ४९ हेक्टर गरि १३६ हेक्टर अतिक्रमित जग्गा खाली गराई विभिन्न प्रजातिका विरुवाहरुको वृक्षारोपण समेत गरिएको उनको भनाई छ। वन जंगल देशको सम्पत्ति हो र यसलाई जोगाउन राज्य नै लागि परेको अवस्थामा मकवानपुर जिल्ला बाट आएका चेपाङ्ग एवं तामाङ्ग समुदायका ति व्यक्तिहरु अहिले अतिक्रमित जग्गा खाली गर्न आनाकानी गरि रहेका छन्।

स्थानीय तहका नेताहरुले भोटको राजनीति गर्नका लागि ति समुदायलाई भूमि आयोगबाट लालपुर्जा पाउने भनि प्रलोभन देखाइदिएको कारण पनि तिनीहरुले जग्गा खाली गर्न आनाकानी गरि रहेका छन् । विगत दुई तीन वर्षदेखि मात्रै जंगलको जग्गा अतिक्रमण गरेर बसेका ति व्यक्तिहरु १०/१५ वर्ष देखि आफूहरु यही बस्दै आएको बताउन थालेका छन् । एक परिवारले ५ देखि १५ हेक्टरसम्म जग्गा अतिक्रमण गरेर विभिन्न बालीहरु उब्जनी गर्दै आएका छन्। यसरी नै जंगल क्षेत्रका सखुवनिया गाउँका स्थानीयहरुले पनि जग्गा अतिक्रमण गरि धानबाली उब्जाउँदै आएका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed