विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कोअपरेटिभ म्यानेजर्स् क्लब (सिएमसी) को कार्यालय उद्घाटन

सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा ।

बीरगंजमा सहकारी संस्थाहरु लाई अझ सुदृढ बनाउने उदेश्यले सहकारी संस्थाका प्रबन्धकहरुको छाता संगठन कोअपरेटिभ म्यानेजर्स् क्लब (सिएमसी) को कार्यालय उद्घाटन भएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

सोमबार एक कार्यक्रमका बीच कार्यक्रमको प्रमुख अतिथीसमेत रहेका जय गणेश सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा सहकारी अभियन्ता शम्भु प्रसाद गुप्ताले सिएमसी कार्यालयको उद्घाटन गरेका हुन् ।

Karaiya Mai Notice Winter

प्रमुख अतिथि गुप्ताले बीरगञ्जका सहकारी संस्थाका समस्याहरुको सम्बोधन गर्न सिएमसी प्रतिबद्ध रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए। सहकारी संस्थामा केही जटिलता तथा केही प्राबिधिक समस्याको निवारणमा टेवा पुग्नुको साथै सर्वसाधारण लाई समेत सहयोग, सहजता तथा सुबिधाजन्य सेवाहरुमा समेत निकै राम्रो प्रभाव पर्ने गुप्ताले विश्वास व्यक्त गर्नु भयो।

सो अवसरमा प्रमुख अतिथि गुप्ताले सहकारीले गरिबी नियन्त्रण तथा समाज विकासमा ठूलो योगदान गर्ने भएकोले सहकारीको विकासमा जोड दिनु भयो । उहाले सहकारी संचालन गर्दा लक्षित गरिब वर्गका लागि सहकारी लाई संचालन गर्न र देशको गरिबी निवारणमा सकृय भुमिका खेल्न सहकारीको मैनेजरहरु लाई आग्रह गर्नु भयो।

सिएमसीका अध्यक्ष चन्द्रेश्वर प्रसाद चौरसियाको सभापतित्वमा तथा जिल्ला बचत संघका पर्सा अध्यक्ष राजेश पण्डितको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, जिल्ला बचत संघका वरिष्ठ उपाध्यक्ष असगर अलि अंसारी, महासचिव विष्णु बराल, राष्ट्रिय सहकारी बैंक बीरगञ्जका प्रबन्धक संजय महतो, नेफ्सकुन पर्साका प्रबन्धक वृजेश गुप्ता, नारायणी बचतका विजय कुशवाहा, जय गणेश बचतका रामबाबु चौरसिया लगायतको उपस्थिती रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed