विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

मानव रक्षाका लागी रक्त दान यज्ञ

सिम्रौन्गढ़ नपा psa

रौतहट ।

karaiya holi 2082

संसारमा जीव भने धरै छन् तर सबै जीवमा सर्व श्रेष्ट मानव रहेको छ । यहि कुरा लाइ हालको अवस्थामा मानव भने आफ्नो श्रेष्टताको गुन नै हराएको देख्न नसकेर आखा छोप्नु पर्ने अवस्था आएको छ, जस्तै मानव नै मानव लाइ दिनानु दिन हत्या हिँसा बलात्कार लगायत निकैनै निन्दनीय कार्यहरु रहेको सर्वविदित छ। हाम्रो नेपालको कुरा गर्ने हो भने मानवताका लागी नेपाल सरकारको मातहत विभिन्न एनजीओ आइ एनजीओ  लगायत नेपाल सरकारले पनि कार्यक्रमहरु चलाएको छ, यति मात्र हैन धर्मका रखवालाहरुले पनि करोडौ सम्मको लगानीमा विभिन्न यज्ञ आदि इत्यादि नामको लागि गर्ने गरेको पाइन्छ तर यसैमा केहि पुन्य आत्माहरु रहेका छन् जसले मानवताको बारेमा निकै नै नजिक बाट नियालेर बिना लगानी वास्तविक मानव सेवा तथा रक्षाका लागि अग्रसर भएर अगाडी बढ्ने गरेका छन्।

सोहि अनुरुप श्री झरीमाई नरसिंह युवा क्लबले केहि नाम मात्रको लगानीमा मानव रक्षा हेतु आफ्नै प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। रौतहटको परोहा नगरपालिका वडा नम्बर ८ नरकटियामा रहेको क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ४ जना महिला र २६ जना पुरुष गरि ३० जनाले रक्तदान गरेका थिए। रक्तदान कार्यक्रममा २६ जना पुरुष मध्ये २ जना सुरक्षाकर्मी समेत रहेको क्लबका सदस्य प्रितम पटेलले बताए। अधिकांश बढदो सवारी दुर्घटनामा रगत नपाएकोले अकालमा ज्यान गुमाएको कारण सबैले रक्तदान गर्नुपर्ने क्लबका अध्यक्ष आर्य शशिकला राउतले बताउनु भयो। क्लबका अभिभावक चन्द्रीकाराउतको सभापतित्वमा भएको रक्तदान कार्यक्रममा अतिथि ओमलोक पटेलको रहेका थिए। कार्यक्रममा सुरक्षाकर्मी, समाजका अगुवा सहित स्थानीयहरुको उपस्थिति रहेको थियो ।

बिश्व माहामारिको रुपमा फैलिएको कोरोनाको तेस्रो लहर लाई मध्यनजर गर्दै अस्पतालमा बिरामिहरुको लागि रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका आर्य शशिकला राउतले CIN Nepal लाइ बताए। समय समयमा श्री झरीमाई नरसिंह युवा क्लबले निरन्तर सामाजिक तथा जनचेतना मुलक समाजमा आपतकालीन घटनामा सहयोग  गरिब  बालबालिका तथा महिलाको लागि बिकास र जागरूकता दिने कार्य गर्दै आएको छ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed