विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सुवर्ण गापाको ०७७/०७८को के कति खर्च भएको बारे समिक्षा सम्पन्न

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बाराको सुवर्ण गाँवपालिकाको आर्थिक वर्ष  २०७७÷०७८को कुल बजेटको ७४.४३ प्रतिशत खर्च भएको सार्वजनिक गरिएको छ। बार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुतीकरण तथा समीक्षा कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तव प्रस्तुत गरेका थिए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

सुवर्ण गाँवपालिका अध्यक्ष महेन्द्र यादवको सभापतित्व एवं प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य बच्चा यादवको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष वविता यादवको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएको थियो।

Karaiya Mai Notice Winter

प्रमुख अतिथी यादवले समिक्षा बैठकद्वारा सल्लाह सुझावलाई  मध्य नजर गर्दै अगाडी बढ्ने जनाए। त्यस्तै केही गुनासो हरुको जवाफ दिदै भने विश्वमा फैलिएको कोरोना भाइरसको कारण केही बजेट फ्रीज भएको जनाए। किनकी यदि हामी खर्च गर्न खोजेको भए उक्त बजेट खेर भएर नेपाल सरकार लाई घाटा हुने थियो।

पालिकाको बार्षिक विनियोजित कुल बजेट ५० करोड ४७ लाख ४८ हजार पाच सय दुई रुपैया ७३ पैसा मध्ये ३७ करोड ५६ लाख ८६ हजार ६१ रुपैया ८८ पैसा खर्च भएको अधिकृत श्रीवास्तवले जनकारी गराएका थिए। क्षेत्रगत बजेट बाट सबैभन्दा बढी प्रशासकीय सुशासनमा ९९. ४४ प्रतिशत र सबैभन्दा कम बजेट पुननिर्माणमा ४२. ८७ प्रतिशत खर्च भएको अधिकृत श्रीवास्तब जनकारी गराउनु भयो।

पालिकाको १३ वटा बैंक खाता मध्ये आन्तरिक अनुदान खाता, स्थानीय विविध कोष खाता, स्थानिय विभाज्य कोष खाता, स्थानिय आकस्मिक खाता र वित्तीय व्यवस्थापन खाता कुनै आय व्यय नभएको जनकारी गराएका थिए। विकास कार्यमा उपभोक्ता समिति द्वारा गरिएको कार्य लाई प्रशंसा गर्दै आउने दिनमा सम्पन्न भएको योजनाहरुको संरक्षण गर्न ध्यानाकर्षण गराउदै प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा पालिकाका सबै कर्मचारी, जनप्रतिनिधि तथा सञ्चारकर्मी, प्रहरी प्रशासन, एवं सर्वसाधारणहरुको बाक्लो उपस्थित रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed