CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

संयोजक यादव द्वारा नदिहरुलाई उत्खन्नका लागि लगाइएको ठेक्का रद्द गर्न चेतावनी

फेटा GP PSA
627
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

चुुरे संरक्षण तथा वनजंगल संरक्षण अभियानले निजगढ नगरपालिका अन्तरगतको विभिन्न नदिहरुलाई उत्खन्नका लागि लगाइएको ठेक्का रद्द गर्न चेतावनी दिएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

अभियानले आइतवार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै वारा जिल्लाको निजगढ नगरपालिकाले नदि उत्खननका लागि लगाइएको ठेक्का तत्काल वदर गर्न माग गरेका छन । अभियानका राष्ट्रिय संयोजक सुनिल कुमार यादवले नदि दोहन बाट अहिले सम्म नआएको वाढी यो सालमा पुरै नगरपालिका नै बाढीको प्रभावमा परेको र बाढीको कारणले लालबकैया खोलाको राजमार्ग मा रहेको पुल नै भत्कीनबाट बचेको बताए। उनले भने, लालबकैया खोला संग दोस्रो अन्तराष्ट्रिय विमानस्थल निजगढ जोडिएको हुनाले भोलीको दिनमा चुरेमा हुने उत्खननले विमानस्थल परियोजनालाई पनि असर पार्नेछ र त्यसको जिम्मेदवारी नगर प्रमुखले लिनुपर्छ ।

संयोजक यादवले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले चुरे तथा वजनंगल लाई संरक्षण र सम्वद्र्धनमा जोड दिनुको सटटा चुरे दोहर र अवैध ठेक्का दिनु भनेको निजगढ वासी, बाराबासी, सिंगो मधेशर र राष्ट्रको अहित पुरयाउने कार्यमा साथ दिनु भनेको मधेश र यो देशका लागि ठुलो दुर्भाग्यको विषय रहेको वताए।

Karaiya Mai Notice Winter

डिभिजन वन कार्यालय वाराको विरोध हुदा पनि निजगढ नगरपालिका र राष्ट्रपति चुरे तराई मधेश सरंक्षण समितिको मिलोमतोमा निजगढ नगरपालिकाले चुरे क्षेत्रमा पर्ने नदीहरुको ठेक्का लगाएको प्रति चुरे तथा वनजंगल संरक्षण अभियानले सशक्त विरोध र चुरे वनजंगल विनाश गर्ने ठेक्का तत्काल वदर गर्न माग समेत गरे ।

यता अभियानका सल्लाहकार सरोज रायले अभियानले सिरहामा अनियमीतता विरुद्ध गरेको आन्दोलनमा अभियानका राष्टिय संयोजक यादव सहित विभिन्न पाचजना अभियानीमाथि लगाइएको मुद्दा फिर्तीका लाग प्रदेश सरकारले पहल गर्ने प्रतिवद्धता जनाएपनि अहिले सम्म कुनै पहल नगरेको वताए । उनले अभियान संग छानवीनका लागि छानविन समिति गठन गरि प्रदेश सरकारले दिएको समय सिमा वितिसक्दा पनि कुनै किसीमको प्रतिवेदन पेश गर्न नसकेको उनले आरोप लगाएका छन ।

बारा जिल्लाको निजगढ नगरपालिकाले नगरपालिका भित्रमा पर्ने वार्ड नं ३ को वगरे खोला, वार्ड नं १२ को भक्तलाल , वार्ड नं १ को धन्सार, वार्ड नं ४ को वकैया र वार्ड नं १३ को शक्ति खोलमा नदि जन्य पदार्थ उत्खनन तथा निकासीको ठेक्काका लागि गत साउन १३ गते विज्ञापन निकालेको थियो। सोहि विषयमा चुरे अन्तरगत पर्ने कुनै पनि वस्तुमा ठेक्का लगाउनका लागि वन कार्यालय संग समन्वय गर्नुपर्नेमा चुरे अन्तरगको नदिलाई आर्थिक लाभका लागि दोहन गर्ने कुनै पनि कार्यक्रम नगर्न वन कार्यालय आपती जनाएपछि ठेक्का प्रक्रिया बारे रोक लगाएको थियो ।

तर पुर्व राष्टपति डा रामवरण यादवले अगाडी बढाएका राष्टपति चुरे तराई मधेश संरक्षण विकास समिति खुमलटार काठमाण्डौ र जिल्ला समन्वय समिति वाराले नदि उत्खन्नका लागि नीजगढ नगरपालिकालाई सहमती प्रदान गरेपछि पुनः ठेक्का लगाई उत्खन्नको प्रक्रिया अगाडी बढाइएको छ।पत्रकार सम्मेलनमा अभियानका धनुषा संयोजक अमन यादव, महोत्तरी संयोजक सविता यादवको उपस्थिती रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश